सिरहा–विभिन्न संगठित अपराध मुद्दाका फरार अभियुतmलाई सिरहा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । भारतको जयनगरबाट ल्याएको २४ थान लागुऔषध कोरेक्ससहित फरार अभियुतm सिरहा नवराजपुर–४ का अजय मोची (२३)लाई सिमावर्ती गाउँ सरश्वरबाट पक्राउ गरिएको एसपी रामकृपाल साहले जानकारी दिए ।अपहरण तथा शरीर बन्धक, ज्यानमार्ने उद्योग, डाका, संगठित अपराध, चोरी, हातहतियार तथा खरखजाना मुद्दाका फरार मोचीलाई सिरहा प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिरहेको एसपी साहले बताए । सिमावर्ती भारतीय सहरमा लुकिछिपि बसिरहेका उनी पछिल्लो समय लागुऔषध कारोबारमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोची डाका–१, अपहरण तथा शरीर बन्धक–१, ज्यानमार्ने उद्योग–२, संगठित अपराध–१, हातहतियार तथा खरखजाना–१ र चोरी–१ मुद्दाका फरार प्रतिबादी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अहिले उनीमाथि लागुऔषध नियन्त्रण ऐनको महल अन्तर्गत थप एक मुद्दा दर्ता भएको एसपि साहले बताए ।मोची विभिन्न भुमिगत संगठनको नाममा व्यतिm अपहरण, चन्दा, फिरौती असुली धम्कीलगायतका अपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रहरी रेकर्ड छ ।
प्रकाशित: १९ श्रावण २०७२ ०३:४० मंगलबार