क्षत्री दाजुभाइले अदालतबाट तोकिएको जरिवाना नबुझाएको र फैसला कार्यान्वयनका लागि दुवैलाई नक्खु कारागार पठाइएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार बाबुराम दाहालले जानकारी दिए। उनीहरूले जरिवाना वापतको रकम नतिरे अदालतले तोकेको ३ वर्षमा थप ४ वर्ष कैद थपिने छ।
२०६२ मा उद्योग वाणिज्य विभाग र कम्पनि रजिस्ट्रारको कार्यालयमा युनिटी लाइफ इन्टरनेसनल र २०६४ मा उस्तै नामको एस्योरेन्स युनिटी इन्टरनेसनल दर्ता गरी क्षत्री दाजुभाइले प्रसाद भनिने काशी गुरुङसँग मिलेर पिरामिड शैलीको अवैध कारोबार सुरु गरेका थिए।
प्रारम्भमा १५ हजार रुपैयाँ तिरेवापत सदस्य बन्न सकिने र सदस्यले नयाँ सदस्य बनाएवापत निश्चित प्रतिशत आर्थिक लाभ पाइने स्किम ल्याएर रकम संकलन गरेका उनीहरूले त्यसकै आवरणमा अनुमति नलिई बैंकिङ, बिमा र स्वास्थ्य संस्था चलाउनुका साथै ३ लाख ६६ हजार ३ सय ४२ जना सर्वसाधारणबाट रकम ठगेको खुलेलगत्तै प्रशासन कारबाहीमा उत्रिएको थियो। युनिटीविरुद्ध कारबाही सुरु हुनासाथै गुरुङसहित क्षत्री दाजुभाइ भागेर भारतमा लुकेर बसेका थिए।
३ वर्षअघि गुरुङलाई सिक्किमबाट नियन्त्रणमा लिई काठमाडौं ल्याइएको थियो। महाशाखाले क्षत्री दाजुभाइलाई भारतकै सिमलाबाट नियन्त्रणमा लिएर शुक्रबार नेपाल ल्याएको थियो।
प्रकाशित: १७ श्रावण २०७२ २०:१६ आइतबार





