शुक्रवार साँझ घाँस काट्न गएको बेला बालिकालाई अभियुक्त पटेलले नजिकैको उखु घारीमा लगी मुख थुनेर जबरजस्ती करणी गरेका थिए। पटेलले जबरजस्ती गर्दा बालिका चिच्याएको आबाज आएपछि स्थानीय उखुबारीमा पुगेका थिए। स्थानीय पुग्दा बालिकालाई छोडेर अभियुक्त पटेल फरार भएको स्थानीयबासीले बताएका छन्।
'बालिकाकाे अवस्था खतरामुक्त छ,' उपचारमा संलग्न नेशनल मेडिकल कलेज अकस्मिक कक्षका डाक्टर कलाम अन्सारीले भने, 'बालिकाको गुप्तांग ०.५ सेन्टिमिटर च्यातिएको छ।' डाक्टर अन्सारीका अनुसार गुप्तांग सुनिनुका साथै रगतसमेत जमेको छ । अत्यधिक रक्त श्राव भएकोले बालिकाको शरीरमा 'ए' पोजिटिभ ग्रुपको चार पाउण्ड रगत चढाउनु पर्ने भएको छ । अस्पतालसँग एक पाउण्ड रगत मात्रै रहेकोले थप ३ पाउण्ड रगतको अभाव भएको उनले बताए । रगत चढाउने काम भइरहेको भइरहेको र बालिका खतरा मुक्त रहेको समेत अकस्मिक कक्षका डाक्टर अन्सारीले नागरिक न्युजलार्इ बताए ।
फरार अभियुक्त पटेलको खोजीकार्य भइरहेको तथा घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इप्रका गरुडाका प्रहरी निरीक्षक जैसवालले बताए । यसअघि साउन ७ गते जिल्लाको विश्रामपुर ९ बलेरी टोलकी १४ वर्षीया एक बालिकालाई गाउकै १८ वर्षीय मनोज रामले जवरजस्ती करणी गरेर फरार भएपनि हालसम्म दोषीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
प्रकाशित: १६ श्रावण २०७२ ०१:१५ शनिबार





