११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

सदुपयोग कि दुरुपयोग

भूकम्प गएको तीन महिना बितिसकेको छ। हिजोआज 'त्रिपाल पाइएन' भन्नेहरू सायदै होलान्। त्रिपालभन्दा 'हाउस टेन्ट' बस्नका लागि अलिकति भए पनि राम्रो मानिन्छ। त्यसैले होला यस्ता टेन्ट धेरैजसो सरकारी कार्यालय र पहुँचवालाहरूकहाँ पुग्यो। गरिब–गुरुवाकोमा थोरैमात्र पुग्यो होला।

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित गैरीगाउँको निर्माणाधीन घरमा राखिएको टेन्टको तस्बिर हो यो। भूकम्पको डरले घरबाहिर बस्नु स्वाभाविक हो। तर, घरभित्र यसरी टेन्ट हालेर बस्नेलाई के भन्ने? डरले त पक्कै होइन। टेन्ट बिग्रने डरले पनि होइन होला! वरिपरि बारेर बस्न मिल्ने घरमा यसरी टेन्ट हाल्नु पक्कै पनि दुरुपयोग हो। एउटा गरिब पीडितकहाँ यो टेन्ट पुगेको भए उसका लागि कति राहत हुन्थ्यो होला? 'सित्तैमा पाए अलकत्रा पनि खाने' उखान यस्तै प्रवृत्ति भएकाहरूका लागि बनेको होला। यो घर एमाओवादीले सहिद स्मृति प्रतिष्ठानका लागि बनाएको रहेछ। 'जनताको सेवामा लागेको' भन्ने पार्टीले भवनभित्रै राखिएको यो टेन्ट कुनै बिचल्लीमा परेका पीडितलाई दिएको भए त्यो जत्तिको सत्कर्म के हुन्थ्यो होला र!

प्रकाशित: १५ श्रावण २०७२ २२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App