७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

आठ खेलाडी वैदेशिक प्रशिक्षणमा

काठमाडौं- १२ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्ष्य गर्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएको छ। थाइल्यान्डको राजधानी बैंककको थाई प्रशिक्षण शिविरमा नेपालका ४–४ महिला/पुरुष खेलाडीले ४० दिने प्रशिक्षण लिने भएका छन्। साग खेलकुद फागुनमा भारतको सिलोङमा हुने तय भएको छ।


खेलाडीमा सूर्य खत्री (हाइजम्प), डिल्ली खत्री (लङजम्प/टि्रपलजम्प), आशिष चौधरी (१००/२०० मिटर दौड) र मुक्तिबहादुर खड्का (८०० मि.) तथा सीमाकुमारी थारु (ज्याभलिन थ्रो), अमृता महतो (थिस्कस थ्रो), सरस्वती भट्टराई (८००/१५०० मिटर दौड), सरस्वती चौधरी (१००/२०० मिटर दौड) छन्। टिम प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक विक्रमजंग थापा र राकेश वज्राचार्य तथा टिम व्यवस्थापकमा सन्तोष श्रेष्ठ छन्। टोली सोमबार त्यसतर्फ जानेछ।

प्रशिक्षणका लागि नेपाली टोलीलाई एसियन एथलेटिक्स महासंघबाट १० हजार र थाई एथलेटिक्स संघबाट ६ हजार डलर सहयोग प्राप्त भएको एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले जानकारी गराएका छन्।

शुक्रबार अध्यक्ष शाहले टोलीमा बिदाइ गरे। उनले यस प्रशिक्षणले नेपाली खेलाडीको स्तरवृद्धि हुने विश्वास व्यक्त गरे। प्रशिक्षणपछि खेलाडीले ६ देखि १० सेप्टेम्बरमा बैंककमै हुने ६१ औं थाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने छन्।

प्रकाशित: १५ श्रावण २०७२ २०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App