२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

अर्बौं ठग्ने युनिटीका फरार सञ्चालक क्षेत्री दाजुभाई पक्राउ

सामाजिक सञ्जालमा गोली हानी हत्या भयो भन्ने दाबी गरिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक सदस्य विष्णु क्षेत्री पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई उनका भाई कृष्ण क्षेत्रीसहित पक्राउ गरेको हो । गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सजस्ता आर्थिक गतिविधि सञ्चालन गरी आम सर्वसाधारणको अर्बौं रुपैयाँ ठगी गरेको भन्दै सरकारले करिब ४ वर्षअघि युनिटीका सञ्चालकहरुलाई कारवाही शुरु गरेको थियो। आफूहरुमाथि कारवाही शुरु भएपछि क्षेत्री दाजूभाई फरार थिए।

प्रहरीले डेढ वर्षअघि युनिटीक अध्यक्ष काशी गुरुङलाई पक्राउ गरे पनि क्षेत्री दाजूभाई भने फेला परेका थिएनन् । भारतमा लुक्दै बसेका कृष्ण क्षेत्रीले एक महिनाअघि फेसबुकमार्फत आफ्ना दाजु विष्णु क्षेत्रीकाे गोली हानी हत्या भएकाे भन्दै झुटाे दाबीसहितकाे हल्ला चलाएका थिए। उक्त झुटो दाबीपछि प्रहरीले यी दुर्इ दाजुभार्इकाे खोजी प्रक्रियालाई अझ तीव्र बनाएको थियो।

क्षेत्री दाजुभाई पक्राउको घटनाबारे प्रहरीले शुक्रबार बेलुका ५ बजे प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गर्दैछ।

प्रकाशित: १५ श्रावण २०७२ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App