२९ माघ २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमाका समस्या सुधार गर्दै सरकार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या सुधार गर्न सरकारले प्रयास जारी राखेको बताएकी छन् ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताइन ।  

मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका  कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिइन ।  

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको बताए । डा काफ्लेले स्वास्थ्य बिमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिए ।

 

प्रकाशित: २५ पुस २०८२ १७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App