२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

जग्गा विवादपछि अाफ्नै छोरीको हत्या प्रयास

कलैया- जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

बाराको सिंहना गाविस–६ मा आज भएको जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्ने राजेश्वर यादव पक्राउ परेका हुन्।

 

अभियुक्त यादवले आफ्नै छिमेकी शङ्कर यादवसँग भएको जग्गा विवादको झोकमा सात वर्षीया छोरी सोनीकुमारलाई कुटपिट गरी घाँटी थिचिरहेको अवस्थामा गाउँलेले देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीका अनुसार अभियुक्त राजेश्वरले छोरीको हत्या आफैँले गर्ने र झगडिया शङ्करलाई आरोप लगाउने मनसायले छोरीको हत्या गर्न खोजेको हो । घाइते बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित: १३ श्रावण २०७२ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App