२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

भैंसी चोर्ने दुई पक्राउ

काठमाडौं- कीर्तिपुर टौदहस्थित सिमेन्ट कारखाना नजिक चराइरहेको भैंसी चोरी गर्ने २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ललितपुर भैसेपाटी बस्ने सिन्धुली ज्ञानेश्वर–४ का ३५ वर्षीय जितवहादुर राना र कीर्तिपुर नगरपालिका–१४ चोभार बस्ने मकवानपुरका ४५ वर्षीय कृष्ण थिङ रहेका छन्।


ललितपुर धोवीघाट बस्ने काभ्रे वाल्टिङ–४ की सितादेवी रानाका टौदहमा चराइरहेका ३ वटा भैसी हराएपछि खोजी गर्ने क्रममा ललितपुर नख्खु घर भएका मदन शाहीसमेत ३ जनाले भैँसी चोरी गरी चोभार माथिल्लो गुठमा लगि काटेको खुलेको थियो। उनिहरुले २ वटा भैसी काटेका थिए भने र एउटा काटन बाँकी रहेको अवस्थामा सितादेवीले भैंसी फेला पारेपछि प्रहरीमा खबर गरेकी थिइन्।
मदन शाही फरार रहेकोले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ श्रावण २०७२ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App