देउमाई नगरपालिकास्थित मंगलबारेमा मस्यौदामाथि छलफल गर्न आयोजित अनौपचारिक भेलामै झन्डै सय जनाको उपस्थिति थियो। दानाबारीको शुक्रबारेस्थित चियापसलमा बिहानपिच्छे स्थानीय अगुवाबीच संविधानकै सवालमा माथापच्ची हुन्छ। माइपोखरीको देउरालीमा जान्नेबुझ्नेमाझ उसैगरी मस्यौदामाथि चर्काचर्की चल्दैछ। सदरमुकामका चोक र चमेना गृहमा पनि 'यस्तो राख्या भए हुन्थ्यो', 'उस्तो झिक्या भए हुन्थ्यो' भन्ने टिप्पणी सुनिन्छ।
तीन निर्वाचन क्षेत्र रहेको इलाम भावी संविधानप्रति धेरै अर्थमा चनाखो र अग्रसर छ। संविधानसभाको दुइटै कार्यकाल अध्यक्षता गर्ने सुवास नेम्वाङ इलामकै क्षेत्र नम्बर–२ बाट निर्वाचित जनप्रतिनिधि हुन्। नेम्वाङको जिल्ला इलाम शैक्षिक र चेतनाका दृष्टिले अग्रणी मानिन्छ। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालसमेत इलामबाटै संविधानसभामा चुनिएका हुन्। उनीहरूको जिल्लाका बासिन्दा अधिकारप्रति अग्रसर हु"दै मस्यौदा केलाउ"दैछन्।
असार २७ देखि जिविसमा कार्यालय नै स्थापना गरेको 'संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उपसमिति'ले संविधानको मस्यौदा 'नागरिकका हातहात पुर्यावउन' खोज्दैछ। कार्यालय सचिव अधिराज राईका अनुसार मस्यौदा वितरणमा तीन कर्मचारी व्यस्त छन्। 'सबै वडा, गाउ", नगरवासीलाई संविधानको मस्यौदा दिएर त्यसमाथि सुझाव लिनुछ,' राईले भने, 'छोटो अवधिमा धेरै जटिल काम गर्नुछ, यो देशको मूल कानुन बनाउने कुरा हो।'
मूल कानुन अर्थात् संविधानलाई नागरिकमैत्री बनाउन मस्यौदा धेरैभन्दा धेरैका हातमा पुर्या उने काम भइरहेको छ। इलाममा मस्यौदाको पुस्तक दुई हजार दुई सय थान, विशेषता समेटिएको पुस्तक एक हजार थान र मस्यौदा छापिएका गोरखापत्र धेरै थान प्राप्त भएका छन्। 'ती सामग्री जतिसक्दो चा"डो नागरिकका हातमा पुर्याेएर चित्त नबुझेका विषयमा सुझाव मागिएको छ,' सुझाव संकलन विधिबारे राईले भने, 'कार्यालयमा प्राप्त सुझाव तुरुन्तै केन्द्रमा पठाइन्छ।'
मस्यौदाका प्रतिमध्ये गाविसमा न्युनतम २० किताब, पा"च विशेषता किताब र पा"च गोरखापत्र वितरण गरिएको छ। सूर्योदय र देउमाई नगरपालिकामा दुई/दुई सय किताब, १५/१५ विशेषता र १५/१५ गोरखापत्र पठाइएको छ। जनसंख्या बढी भएको इलाम नगरपालिकामा तीन सय किताब बा"डिएको छ। नगर क्षेत्रमा नागरिक वडा मञ्चमार्फत मस्यौदा वितरण गरिएको छ। त्यसमाथि आउने सुझाव नागरिकले सोझै कार्यालयमा वा भेलामार्फत राख्न सक्नेछन्।
मस्यौदामाथि इलामेली नागरिकको प्रतिक्रिया बुझ्दै भावी संविधानमा उनीहरूको राय समेट्न उपसमिति सक्रिय छ। सचिव राईका अनुसार साउन ४ गते क्षेत्र नम्बर–१ को फिक्कलमा, २ को मंगलबारेमा र ३ को इलाम सदरमुकाममा क्षेत्रीय भेला हु"दैछ। त्यसअघि २ गते गाविसस्तरमा भेला गरी संविधानको मस्यौदामाथि बहस चलाइँदैछ। नागरिकका सुझाव सुन्न नेम्वाङ र खनालसहित नौ सभासद इलाम आउ"दैछन्। उनीहरू नागरिकस"ग आमनेसामने हुनेछन्।
संविधानप्रति नागरिकका राय–सुझाव सुन्न इलाम–१ मा खनालका साथमा अर्की सभासद लीलादेवी श्रेष्ठ आउनेछिन्। इलाम–२ मा नेम्वाङका साथमा सभासदत्रय नगेन्द्र कुमाल, सूर्यबाला राई र मनप्रसाद गौतम उपस्थित हुनेछन्। इलाम–३ मा केशव थापास"गै सभासदद्वय कुलबहादुर गुरुङ र सुजाता परियार हाजिर हुनेछन्। मस्यौदामाथि नागरिकको मत बुझ्न साउन १ गते नै राजधानीबाट सभासदहरू जिल्ला–जिल्ला जाने कार्यक्रम तय भइसकेको छ।
३७ भाग र सात अनुसूचीमा समेटिएको संविधानको मस्यौदाप्रति सुझाव दिनेक्रम सुरु भइसकेको छ। लिम्बु विद्यार्थी मञ्च र किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिले मस्यौदा पढी छलफल चलाएर उपसमिति कार्यालयमा सुझाव बुझाइसकेका छन्। उनीहरूको सुझाव धर्मनिरपेक्षता र संघीयताबाट थालनी हु"दै सबैजसो भागमा केन्द्रित छन्। राष्ट्रिय चिह्न, राष्ट्रिय फूल र राष्ट्रिय जनावरका सन्दर्भमा फरक–फरक सुझाव आउनेक्रम सुरु भइसकेको छ।
जिल्लास्थित राजनीतिक दलका संघ–संगठनले मस्यौदामाथि विभिन्न तहमा छलफल र बहस चलाई सुझाव दिने तयारीमा छन्। पेसाकर्मी र विद्यार्थी पनि मस्यौदा अध्ययन गरेर संविधानमाथि सुझाव दिन तम्तयार छन्। 'जनमुखी संविधान बनाउन सबै तह र तप्काका नागरिकको आवाज समेट्नुपर्छ, त्यसका लागि उनीहरूले दिएका सुझाव अध्ययन गरेर संविधानमा अटाउनुपर्छ,' कांग्रेस नेता हिमालय कर्माचार्य भन्छन्, 'वर्षौंमा एकपल्ट बन्ने संविधान नमुना हुनुपर्छ।'
लोकतन्त्र स्थापनापछि पनि देशले का"चुली फेर्न नसकेको र परिवर्तनका लागि विकास अवश्यम्भावी भएको भन्दै त्यसनिम्ति सघाउ पुर्यालउने संविधान चाहिने एमालेको सुझाव छ। 'मुलुकको मूल कानुन बनाउने कुरामा सबै गम्भीर हुनु जरुरी छ, यो बारबार फेरिइरहने चिज होइन,' एमाले नेता भक्त केसी भन्छन्, 'मौका छ"दै आफूलाई लागेका राय–सुझाव दिइयो भने आगामी पुस्ताले पनि राम्रो संविधान रहेछ भनेर सम्भि्कन्छन्, यसले देशको सर्वांगीण विकास हुन्छ।'
प्रकाशित: १ श्रावण २०७२ २०:२३ शुक्रबार





