५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सागर ढकालले चलाए ‘घर फोन गर महाअभियान’

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले ‘घर फोन गर महाअभियान’ सञ्चालन गरेका छन्। 

गुल्मी क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार रहेका ढकालले सामाजिक सञ्जालमार्फत ‘घर फोन गर महाअभियान’ सञ्चालन गरेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘विदेश स्वदेश सबै ठाउँबाट आजकै दिन बुवा, आमा, हजुरबुबा, हजुरआमालाई फोन गर्न सुरु गर्नुहोस्। हरेक दिन फोन गर्नुहोस्, जबसम्म बुझ्नुहुन्न बुझाउनुहोस्, जबसम्म सुन्नुहुन्न सुनाउनुहोस्।’ उनले अगाडि लेखेका छन्, ‘हामी हरेक घर, वडा, पालिका जानुअघि नजिकका आफन्त, बुवा आमालाई फोन गरेर सम्झाइदिनु होला।’

May be an image of text that says 'एয় घर बाबा आमालाई फोन गरेर समझाऊ महाअभियान सागर ढकाल गुल्मी द्षेत्र नं नं: 1 उममरदवार राष्ट्रिय स्वतन्त्र पार्टी यात्रा सुशासन र समुन्वतिको'

प्रकाशित: ७ माघ २०८२ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App