२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

श्रीमती माइत गएको झोंकमा ज्वाइँले ससुराली घर जलाए

सल्यान– श्रीमती माइत गएको झोकमा ज्वाइँले ससुरालीमा आगजनी गरेका छन्।


घाँजरीपिपल–२ गैराकेटेरीका टोपबहादुर वुढाथोकीले आफ्नी श्रीमतीले आफूलाई नसोधी माइत गएको भन्दै आफ्ना ससुरा ढोलबहादुर रोका र कान्छा सुसुरा चन्द्रबहादुर रोकाका घरमा मङ्गलबार राति आगजनी गरेका हुन्।

सधैँ श्रीमतीसँग झगडा गर्दै आएका बुढाथोकीले श्रीमती ल्याउन ससुराली जाँदा ढोका नखोलिएपछि रिसको झोंकमा आगो लगाएका थिए। आगलागीबाट दुवै घरमा रहेको अन्नपात, लत्ताकपडालगायत जलेर नष्ट भएको पीडित ढोलबहादुर रोकाले बताए।

पीडितको उजुरीका आधारमा आगजनीमा संलग्न बुढाथोकीलाई प्रहरीले मुद्दा चलाएको छ। बुढाथोकीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित: ३१ असार २०७२ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App