सेरेनालाई सुरुआतबाटै उपाधिका दाबेदारमा हेरिएको थियो। तर, उनले अप्रत्याशित रूपमा २१ वर्षे खेलाडीलाई फाइनल प्रतिद्वन्द्वीमा पाउने कमैले अनुमान गरेका थिए। पहिलो सेटमा पनि कडा टक्कर दिएकी मुगुरुजाले दोस्रो सेटमा पनि पुनरामगनको प्रयास गरेकी थिइन्। एकसमय उनी ५–१ ले पछाडि परिन्। सेरेना र मुगुरुजाबीचको फाइनल झन्डै डेढ घन्टा चल्यो। शनिबारसहित सेरेनाले ग्रान्ड स्लाममा लगातार २८ खेल जितेकी छन्।
सेरेनाले लगातार चार ग्रान्डस्लाम जितेकी छन्। 'सेरेना स्लाम' का नामले समेत परिचित उनले यसअघि युएस, अस्ट्रेलियन र फ्रेन्च ओपन जितिसकेकी छन्। एउटै सिजनमा चार ग्रान्ड स्लाम जित्ने सन् १९८८ यता सेरेना पहिलो खेलाडी बनेकी छन्। त्यति बेला जर्मनीकी स्टेफी ग्राफले एकै सिजन चार उपाधि जितेकी थिइन्।
ग्रान्ड स्लाम उपाधि जित्ने ३३ वर्षे सेरेना सबैभन्दा पाको खेलाडी बनेकी छन्। उनले सातवटा उपाधि ३० वर्ष कटेपछि जितेकी थिइन्।
प्रकाशित: २६ असार २०७२ १९:४१ शनिबार





