सदस्यमा विजेन्द्र विक्रम शाह, प्रदीपकुमार श्रेष्ठ, अमरचन्द्र अनिल, दिनेश भुजेल, गीता श्रेष्ठ, सानुकुमार महर्जन, राजेन्द्र प्रधान, जगदीश प्रधान, रोहित टण्डन, समसुद्दिन सिद्दिकी र रुकेश तण्डुकार छन्। अधिकांश निर्वाचित सदस्य अघिल्लो कार्यसमितिमै रहेका थिए।
सभामा २० जिल्लाका ४० प्रतिनिधि र कार्यसमितिका ३१ सदस्यले भाग लिएका थिए।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले साधारण सभाको उद्घाटन गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर महिनामा नै गर्नुपर्ने बताए। उनले १२ औं साग प्रतियोगिता फागुनमा पर्ने भएकाले राष्ट्रिय खेलकुद मंसिरमै गर्ने तयारीमा जुट्न संघहरूलाई आह्वान गरे।
प्रकाशित: २५ असार २०७२ १९:३५ शुक्रबार





