२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

तेक्वान्दो प्रदर्शनीमा चार खेलाडी

काठमाडौं- दक्षिण कोरियाको मुजु तेक्वान्दो पार्कमा शुक्रबार सुरु नवौं अन्तर्राष्ट्रिय तेक्वान्दो र सांस्कृतिक प्रदर्शनीमा भाग लिन नेपाली टोली बिहीबार त्यसतर्फ गएको छ।६५ देशका खेलाडीको सहभागिता हुने प्रदर्शनीका लागि छानिएका चार नेपाली खेलाडीमा जेम्स स्कुलका एन्जेलिया राजकर्णिकार र क्रेसा कोइराला, ह्वाइट फिल्डका आर्यन खड्गी र योङ्चेन शेर्पा छन्। प्रशिक्षकमा अनिश महर्जन छन्। नेपाली खेलाडीले भने स्पाइरिङ र पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्।

जुलाई १५ सम्म चल्ने प्रदर्शनीमा विभिन्न देशका विद्यार्थीले तेक्वान्दो कला र सांस्कृतिक प्रदर्शन देखाउने छन्। यस्ता ठूला अन्तर्राष्ट्रिय महोत्सवमा सहभागिता जनाउन पाउनु नेपाली खेलाडीका लागि ठूलो अवसर भएको प्रशिक्षक मर्हजनले बताए।

प्रकाशित: २५ असार २०७२ १९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App