७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

अष्ट्रेलियामा पानीजहाजमा काम लगाइदिने भनी ठग्ने पक्राउ

काठमाडौं— अष्ट्रेलियामा पानीजहाजमा काम लगाइदिने भनि ४ जनाबाट ४० लाख रुपैयाँ ठगी गर्ने ललितपुर उपमहानगरपालिका–४ जावलाखेल बस्ने सुनसरी धरान नगरपालिका–६ का ६४ वर्षीय हेमबहादुर घलेलाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको छ।

 

अष्ट्रेलियामा आफन्त भएकोले केही सीमित व्यक्तिलाइ प्रतिव्यक्ति १० लाखमा कामको ग्यारेन्टी सहित पठाउन सक्ने भन्दै घलेले ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनले भक्तपुर ठिमी नगरपालिका–१० बस्ने रामकृष्ण प्रजापतिको एजुकेशन कन्सल्टेन्सीमा गई विश्वासमा पारेपछि प्रजापती, काठमाडौं गौशाला बस्ने राजन डंगोल, भक्तपुर ठिमी–१३ बस्ने कविन्द्र श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठले घलेलाई जनही १० लाखको दरले बुझाएका थिए। अष्ट्रेलिया लैजाने भनि बैंककसम्म पुर्याइ १५—२० दिन होटेलमा राखी ठगी गरी भागी फरार भएका घलेलाई महाशाखाले पक्राउ गरी थप अनुसन्धान तथा कारवाही जारी राखेको छ।

घलेले नेपालबाट मानिस खोज्ने, कन्भिन्स गर्ने र आफुले रकम नबुझी आफ्ना मान्छेको नाउँमा आइएमईबाट रकम राख्न लगाई लिने गरेका थिए। बैंककसम्म आफै जाने र साथीहरुलाई जिम्मा लगाई फर्कने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २३ असार २०७२ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App