७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

बलात्कार आरोपमा ट्याक्टर चालक पक्राउ

खोटाङ– बालिका बलात्कार गरेको आरोपमा खोटाङमा ट्याक्टर चालक पक्राउ परेका छन्। ओख्रेडाँडागाउँकी १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा इटहरी नगरपालिका–२ का २९ वर्षीय बाबुराम भन्ने हर्कबहादुर मगर पक्राउ परेका हुन्।

 

गत जेठ–३० गते राती बलात्कार गरेको भन्दै पिडितले दिएको उजुरीका आधारमा मगरलाई असार–१५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरिक्षक यादव गौतमले बताए। आरोपित मगर ६ महिनादेखि ना ४ त ७७५३ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए।

पीडित बालिकाले असार–१४ गते दिएको उजुरीका आधारमा उनलाई टेम्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। मगरबिरुद्ध जबरजस्ती करणी महल अन्तरगत कारवाही प्रक्रिया अघि बढाईएको गौतमले जनाए।

पीडित बालिकालाई मगरकै जिम्मा लगाउने तयारी गरिएको तर उनको जेठी श्रीमती भएको खुलेपछि घटना सार्वजनिक भएको स्थानीयले बताएका छन्। बालिकाको असार–१४ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परिक्षण गरिएको छ।

प्रकाशित: १८ असार २०७२ ००:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App