८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

प्रहरीद्वारा श्रीमान हत्या गर्ने महिला सार्वजनिक

रोल्पा–जिल्ला प्रहरी कार्यालयले आफ्नै श्रीमान हत्याको अभियोगमा एक महिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। भावाङ–१ स्थायी घर भई लिवाङ नगरपालिका–२ सातदोबाटो बस्ने ३१ वर्र्षीया दिलमाया घर्तीलाई लोग्ने हत्याको अभियोगमा प्रहरीले सार्वजनिक गरेको हो। दिलमायाले ३६ वर्षीय श्रीमान अजय घर्तीमगरको जेठ २१ गते साँझ हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिलमायाले खैरो रंगमा निलो रंगको झुम्का गलबन्दी घाँटीमा कसेर आफ्नै श्रीमानको हत्या गरेकी थिइन। प्रहरीले उनको साथबाट घटनामा प्रयोग गरिएको आधा जलेको दाउरा एक थान, काठको लाठी एक थान समेत बरामद गरेको जनाएको छ।मदिरा सेवन गरी दिलमायाले लोग्ने हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार जेठ २१ गते साँझ दिलमायाले सदरमुकाम लिबाङस्थित बजारबाट मादक पदार्थ सेवन गरी सातदोबाटोस्थित डेरातिर लागेकी थिइन। उता अजयले पनि मादक पदार्थ सेवन गरेका थिए। दुबै जनाले मादक पदार्थ सेवन गरेको बेला उनीहरुबीच घरयासी विवाद चर्केको थियो।

घरायसी ऋणको विषयलाई लिएर उनीहरुबीच चर्को विवाद हुँदा श्रीमतिले श्रीमानको हत्या गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश थापाले जानकारी दिए। उनले भने, 'रक्सीकै कारण ज्यान गएको देखिन्छ। मदिरा नियन्त्रणका लागि हामीले पहल त गरी रहेका छौं।'स्थानीयले प्रहरीलाई टेलिफोन मार्फत घटनाको जानकारी गराएका थिए। श्रीमान हत्याको अभियोग लागेकी दिलमायाले प्रहरी समक्ष अभियोग स्विकार गरेकी छिन।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भई रहेको जनाएको छ। मृतकका २४ वर्षीय भाइ राज किशोरले दाजु हत्याको अभियोगमा प्रहरीमा उजुरी दिएका थिए।सातदोबाटोमा कुखुरा पालन व्यवसाय गरी रहेका अजयका एक छोरा र एक छोरी छन। बाबु हत्या अभियोगमा आमा पनि जेल बस्ने संकेट देखिए पछि उनीहरुको लालनपालनमा समस्या देखिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७२ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App