१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

श्रेयसी सम्मानित

'सुनेँ खबर जीवनसाथी असल पाको छौ रे' गीतकी गायिका श्रेयसी चेम्जोङ पाँचौँ विन्द्यवासिनी म्युजिक अवार्डमा उत्कृष्ट गायिका भइन्। अवार्ड जिताउन भोट दिएर सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उनले धरानमा आयोजित सम्मान कार्यक्रममा यही गीत गाइन्।
उनलाई सम्मान गर्न हातमा फूलमाला लिएर बसेका धरान देशीलाइनका सुरेनकुमार राईले पनि मञ्चमा चढेर गीतबाटै सम्मान व्यक्त गर्दै गाए–
'सुनेँ खबर भर्खर नै धरान आकी छौ रे,
विन्द्यवासिनी अवार्ड जित्न सफल भा की छौ रे'
यसरी गीतबाटै सम्मान र बधाइ दिएपछि श्रेयसीलाई पालैपालो फूलमाला र अबिर लगाइदिँदै विभिन्न संघसंस्थाका व्यक्तिले सम्मानपत्र प्रदान गरे। उनलाई धरान बजार परिक्रमा गराइयो। किरात याक्थुङ चुम्लुङ धरान, माङ्गेना चुम्लुङ, चौबिसे समाज, देशीलाइन एकता समाज, एफसी युनिक क्लबलगायत संस्थाले उनलाई सम्मान गरे। त्यसैगरी इलाममा पनि उनलाई सम्मान गरियो।

प्रकाशित: २५ पुस २०७१ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App