१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

ग्यास सिलिन्डर लुकाएर बेच्ने पक्राउ

काठमाडौं— ग्यासको कृत्रिम अभाव सिर्जना गरी ग्यास सिलिन्डर लुकाएर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौ महानगरपालिका–९ सिनामंगलस्थित एमएम स्टोरमा ग्याँस लुकाइछिपाई राखेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले विहिबार स्टोरमा चेकजाँच गर्दा ७० थान भरिएका सिलिण्डर बरामद गरेको थियो।

स्टोर सञ्चालिका ३४ वर्षीया यमुना गैरेलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: २५ पुस २०७१ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App