२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

९ वर्षे बालिका बलात्कार गर्नेलाई दश वर्ष कैद सजाय

राजविराज–पुनरावेदन अदालत सप्तरीले नौ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविस–९ का हरेन्द्र देवलाई १० वर्र्षको कैद र रु ७५ हजार जरिवानाको फैसला सुनाएको छ।अदालतले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गर्दै १० वर्ष कैद सजाय सुनाएको रजिस्ट्रार हरिशचन्द्र इङ्नामले जानकारी दिए। जिल्ला अदालतले आरोपितलाई ६ वर्ष कैद सजायको फैसला गरेको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै आरोपितले पुनरावेदन गरेका थिए भने पीडितले थप सजायको माग गर्दै पुनरावेदन दिएका थिए।

आफ्ना हजुरबुबाका लागि खैनी किन्न पसल पुगेकी बालिकालाई घरमै औषधि र किराना पसल सञ्चालन गरिरहेका उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत देवले २०७० वैशाख १४ गते बलात्कार गरेका थिए। रासस

प्रकाशित: २४ पुस २०७१ ००:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App