१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

कल बाइपास गर्ने पक्राउ

पर्सा—केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीबार वीरगन्जको पानमण्डीमा छापामारी कल बाइपास गर्ने अभियोगमा एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।वीरगन्ज उपमहानगरपालिका–१२ पानमण्डीमा रहेको मकबुल मियाँको घरमा छापामारी कलबाइपास गर्ने विभिन्न उपकरणसहित उनलाई पक्राउ गरिएको हो।

मियाँको घरमा कोठा भाडामा लिई बसेका बङ्गलादेशी नागरिकले कल बाइपास गरेको पूर्व सूचनाको आधारमा काठमाडौंबाट आएको सिआइबी टोलीले छापामारी कल बाइपास गर्ने मेसिन तीन थान, एनसेलको सिकार्ड ४५ थान र एनटिसीको सिमकार्ड ५० थानगरी ९५ थान सिमकार्ड, रिचार्जकार्डलगायतका सामान बरामद गरेको छ।

सो घटनामा संलग्न अन्य अभियुक्तलाई पक्राउ गर्न बाँकी रहेकाले पक्राउ परेकाको परिचय हाल गोप्य राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १८ पुस २०७१ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App