चकलेटी भूमिकामा निकै फिल्ममा अभिनय गरेका अभिनेता यसराज गराच पृथ्वीनारायण शाहको भूमिकामा देखिने भएका छन्। ऐतिहासिक विषयलाई लिएर बनाइएको फिल्म 'कीर्तिपुर'मा उनी पृथ्वीनारायण भएका हुन्।
फिल्म छायांकन केही समयअघि नै सकिएको हो। पोस्ट प्रोडक्सनमा रहेको फिल्ममा आफ्नो पृथ्वीनारायण अवतार यसराज आफैँले सार्वजनिक गरेका हुन्। प्रदीप खड्गीले निर्देशन गरेको फिल्ममा हिसिला महर्जन, मनी लावत, मदनदास श्रेष्ठ, अञ्जला नकर्मीलगायत कलाकारले अभिनय गरेका छन्। फोकस पिक्चर्सको ब्यानरमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले फिल्म निर्माण गरेका हुन्।
प्रकाशित: १७ पुस २०७१ १२:२५ बिहीबार





-600x400.jpg)