'प्रयोग भएको फोनलगायतका वैज्ञानिक प्रविधिको प्रयोग गरेर चोरी गर्ने महिलाको पहिचान गरेर घर पत्ता लगायौं,' उनले भने,' घरमा दराजमा राखेकोमा अवस्थामा चोरी गरेको सुन बरामद गरेका छौं। घरमा कोही नभएकाले मान्छे पक्राउ गर्न सकेनौं।'
प्रहरीले पिछा गरेको थाहा पाएर चोरी गर्ने महिला फरार भएको हुन सक्ने उनले बताए।
गत मंसिर २५ गते कैलाली धनगढी नगरपालिका ४ शान्ति टोल बस्ने गोपाल हमालको घरमा तन्त्रमन्त्र गरी झुक्याएर ५१ तोला सुन र हिरा जडित गहना लुटेर दुई महिलाले लगेका थिए।
गोपाल हमालको श्रीमती शारदा हमाल मात्र रहेका वेला मनकामना माता हौं, तपाईको घरमा मशान लागेको छ । गरगहना एक ठाउँमा राखेर पुजाआजा गरेमा मसान वाहिर जान्छ भनि झुक्याई उनीहरुले ५१ तोला सुन लुटेर लगेका थिए ।
'मसान लागेको छ सबै गरगहना एक ठाउँमा राखेर पुजा गर्नुपर्छ भनेर २ महिलाले तन्त्रमन्त्र गरी आँखा छलेर गहना लगे,'शारदा हमालले भनिन्।
एउटा कपडामा सबै गहना राख्न लगाई उनीहरुले पुजाआजा गरी दराजमा राख्न लगाएका थिए। ५ दिनपछि दराजमा हेर्दा पोकोभित्र ढुंगा मात्र देखेपछि उनीहरुले लुटिएको थाहा पाएका थिए।
धनगढीबाट गएको प्रहरीको एक टोली लुट्ने महिलालाई पछ्याउदै गएको थियो। पूर्वका ५ जिल्लामा घुमेर लुटेरा खोजेको प्रहरीले बताएको छ। बारा,पर्सा,सुनसरी,सर्लाई लगायतका ठाउँमा प्रहरी टोली पुगेको थियो ।
'उनीहरुका लागी लुटेको गहना ३०÷३५ लाखको अप्रत्यासित भयो । कतै लगेर बेच्न पनि सकेनन् । आफु सँगै लग्दा नाकामा चेकजाँच गरेर पक्राउ पर्ने डरले घरमै छोडेर भागेका हुन', एक प्रहरीले भने । प्रहरीले सुनको हार,सुनका चुरा १ जोर,सुनको सिक्री १ थान,पोते सिक्री २ थान,सुनको सानो हार १ , हिरा जडित सुनको हार १, मतिमाला थान १,हिरा जडित औठी थान १, सुनका ५ औठी, कानका टप लगायतका गहना प्रहरीले समातेको छ ।
जम्मा गरेर ३६६ दशमलव ७६ ग्राम सुन वरामद गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १४ पुस २०७१ ०७:२० सोमबार





