२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

मूर्तिजस्तो मान्छे

मानिसको जीविकाको माध्यमको कुनै सीमा हुँदैन। अनौठो काम गरेर गुजारा गर्ने मानिसमध्ये बेलायती नागरिक पल एडमिड्स पनि एक हुन्। लन्डननिवासी पल मूर्तिजस्तो भएर उभिने गर्छन्। हप्तामा पाँच दिन उनी मूर्ति भएर उभिने गर्छन्।
साताको पाँच दिन सुनबाट बनेको मूर्तिजस्तो भएर उनी सडकको बीचमा उभिने गर्छन्। 'गोल्डन म्यान स्ट्याचू' बन्दै आएका उनी यस्तो गर्नु आफ्नो बाध्यता भएको बताउँछन्।
'मूर्ति नबनेर के गर्नु त ? योबाहेक अरू के छ मेरो काम ?' उनी भन्छन्। आफू बेरोगजार भएकाले रोजीरोटीका लागि स्वर्ण मूर्ति बन्ने गरेको उनी बताउँछन्।
'स्ट्याचू म्यान बन्नु सजिलो छैन। यसका लागि भव्य मेकअप गर्नुपर्छ र कुनै ठाउँमा गएर दिनभरि उभिरहनुपर्छ,' उनी भन्छन्। मूर्ति बनेर किन बस्नुभएको भनी प्रश्न गर्दा उनी भन्छन्, 'कमाइ गर्न। मूर्ति बनेर बसेको बेलामा कोही मानिस छेउमा आएछ भने हल्का हल्लिदिनुपर्छ। हल्लिने मूर्ति देखेर छक्क परेका मानिसले छेउमा मैले राखेको एउटा बाकसमा पैसा हालिदिने गर्छन्। यही पैसाबाट गुजारा चलाउने गरेको छु।'
मूर्ति बन्दाबन्दा आफूलाई दिक्क लागिसकेको उनी बताउँछन्। 'तर के गर्नु, मूर्ति बनेर उभिनँ भने हातमुख जोर्न सकिँदैन,' उनको दुखेसो छ।
विगत १६ वर्षदेखि उनी जीवित मूर्ति बन्न थालेका हुन्। मूर्ति बनेर जीविका चलाउन थालेको चाहिँ दुई वर्षमात्र भएको छ। 'दुई वर्षयता सडकमा गएर मूर्ति बनी उभिनु मेरो जागिरजस्तै भएको छ। सातामा पाँच दिन यसरी मूर्ति बन्ने गर्छु। दुई दिन छुट्टी लिने गरेको छु,' उनी भन्छन्।
मूर्तिजस्तो भएर घण्टौँ उभिन कसरी सक्दा हुन् उनी ? भन्छन्, 'पहिले म वेल्डिङको काम गर्थें। त्यहाँ घण्टौँ उभिएर काम गर्नुपथ्र्यो। त्यहाँ काम गर्दा मलाई लामो समयसम्म उभिने बानी बस्यो। त्यो बानीले अहिले जीविका चलाउन ठूलो मद्दत गरेको छ।'

प्रकाशित: ४ पुस २०७१ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App