७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

म्युजिक भिडियोमा जम्दै रेखा

रहरैरहरमा मोडलिङमा लागेकी रेखा फागो लिम्बू अहिले पूर्वमा म्युजिक भिडियो मोडलका रूपमा जम्न थालेकी छिन्। तीन वर्षअघि पत्रिकाका लागि फोटो सुट गराएर मोडलिङ सुरु गरेकी रेखा मिस लिम्बूमा सहभागी भएपछि मोडलिङतर्फ पनि सक्रिय भएकी हुन्।
आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत सातामात्र दुई गीतमा मोडलिङ गरिन्। उनले लिम्बू भाषाको गीत 'थेगेक सम्दाङ' र नेपाली भाषाको गीत 'जूनघाम शिरैमा' मा अभिनय गरिन्। राजेश पायल राईले गाएका दुवै गीतको भिडियो निर्देशन लोकेन साँवाले गरेका हुन्।पढाइसँगै मोडलिङ अघि बढाउन चाहने रेखा प्रेम सुब्बाले निर्देशन गर्ने नयाँ फिल्ममा पनि अनुबन्धित भएकी छिन्।

प्रकाशित: ३ पुस २०७१ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App