र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले हरेक महिना अन्तिम शनिवार गर्ने बहसमा यसपटक पहिचानको मुद्दालाई समेटेको छ। भारतीय लेखक उदय प्रकाशको उपन्यास 'मोहन दास'माथि साहित्यकार अभय श्रेष्ठले बहस चलाए।
उनले यो कृतिले नेपाली परिवेशमा समेत सुहाउँदो पहिचानको मुद्दा उठाएको बताए। 'भारतीय परिवेशको जीवन्त चित्रण गरिएको कृतिले सीमान्तकृत वर्गको भावना समेटेको छ,' श्रेष्ठले भने।फिल्म समीक्षक विकास बस्नेतले 'मोहन दास'माथि बनेको फिल्मको समीक्षा गरे। 'कृति जति उत्कृष्ट छ, फिल्म त्यति उत्कृष्ट बन्न सकेको छैन,' उनले भने। सोसाइटीका अध्यक्ष गनेस पौडेलले पछिल्लो समयका आख्यानहरू फिल्मका लागि समेत उपयुक्त हुने किसिमले लेखिएको बताए। 'मोहन दास'लाई लेखक यज्ञशले नेपालीमा अनुवाद गरेका छन्।
प्रकाशित: ३ पुस २०७१ ११:२४ बिहीबार



-600x400.jpg)

