१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

पत्रकारको पहलमा स्कुललाई कम्प्युटर

पत्रकार मनोज घर्तीमगरको पहलमा रुकुमको बाफीकोट–५ स्थित बालविकास प्रस्तावित निम्न माध्यमिक विद्यालयले तीन थान कम्प्युटर र एक थान प्रिन्टर प्राप्त गरेको छ। 'भर्तीको फन्दा' किताबका लेखक घर्तीमगरले करिब १ लाख ५ हजार रुपैयाँ मूल्यको कम्प्युटर र प्रिन्टर विद्यालयलाई हस्तान्तरण गरे।
उनले फेसबुकमार्फत विद्यालयका लागि कम्प्युटर खरिद गर्न सहयोग अपिल गरेपछि देशविदेशका नेपालीबाट १७ हजार रुपैयाँ संकलन भएको थियो। त्यो रकममा आफ्नो किताब 'भर्तीको फन्दा' विमोचन गर्न हङकङ पुगेका बेला उनले त्यहाँ बसोबास गर्दै आएका नेपालीसँग केही रकम जुटाएर आफू पढेको विद्यालयलाई कम्प्युटर जुटाइदिएका हुन्। शनिवार एक कार्यक्रमबीच घर्तीमगरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनु शाही र प्रधानाध्यापक कर्ण चन्दलाई कम्प्युटर हस्तान्तरण गरेका थिए। उनलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो। त्यही अवसरमा विद्यालयका भूतपूर्व प्रधानाध्यापक बिर्खबहादुर केसीलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: ३ पुस २०७१ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App