७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

लिभरपुललाई गिज्यायो बसेलले

स्विस फुटबल क्लब एफसी बसेल च्याम्पिन्यस लिगको प्री–क्वार्टर फाइनलबाट अघि बढ्नसकेको छैन। दुई वर्षअघि प्री–क्वार्टर फाइनलबाट बाहिरिएको बसेल यो पटक पनि प्री–क्वार्टर फाइनलमा पुगेको छ।
तर, बसेलको गतिविधि हेर्दा लाग्छ– ऊ च्याम्पियन्स लिगको उपाधि जितेभन्दा पनि धेरै खुशी छ। यो कुरालाई पुष्टि गर्न बसेलले सेयर गरेको लिभरपुलप्रति व्यंग्य गरिएको कार्टुन नै पर्याप्त छ। समूह चरणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुललाई १–१ को बराबरीमा रोक्दै प्री–क्वार्टर फाइनलमा पुगेपछि बसेलले यो कार्टुनलाई आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेको थियो।बसेलसँग बराबरीमा रोकिएपछि लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो भने बसेल अन्तिम १६ मा पुगेको थियो। बसेलले एक वर्षमा पछारेको लिभरपुल तेस्रो इंग्लिस क्लब हो। यसअघि २०१३ को च्याम्पियन्स लिगमा बसेलले इंग्लिस क्लब चेल्सीलाई १–० ले हराएको थियो। बसेलसँगको हारको बाबजुद पनि चेल्सी समूह विजेता बनेर अन्तिम १६ मा पुगेको थियो। बसेल भने समूहमा तेस्रो हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।
यस्तै सन् २०१३ कै युरोपा लिगमा बसेलले अर्को इंग्लिस क्लब टोटेनह्यामलाई हराएको थियो। होम एन्ड अवे दुवै लेग समान २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा बसेलले टोटेनह्यामलाई पछि पारेको थियो।

प्रकाशित: ३ पुस २०७१ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App