७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ठुलाडिही–९ बस्ने ४० बर्षीय डम्बर बहादुर मल्ल छन्। जुवाडेहरुको साथबाट नगद ६६ हजार ९ सय १५ रुपैया समेत बरामद गरेको प्रहरीले जनाएको छ।पुतलीबजार नगरपालिका–३ लत्रे पिपल बस्ने दिपक गौतमको घरमा अवैध रुपमा जुवा तास खेली रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आज १ बजे उनीहरुलाई जुवाको खालबाटै पक्राउ गरेको हो। उनीहरुको खानतलासी गर्दा डम्बर बहादुर मल्लले आफू नजिकै रहेको कुर्सी माथि लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल र टोटा बरामद भएको थियो।

प्रकाशित: ७ कार्तिक २०७१ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App