२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

बालिका बलात्कार गरी छिमेकी फरार

राजविराज– सप्तरीमा एक युवक आफ्नै छिमेकी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन्। तिलाठी गाविस–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।आफन्तको घरबाट विवाहमा सरिक भई फर्कंदै गरेकी पीडितलाई सोमबार बिहान ५ बजे एक्लैदेखि डरधाक, धम्की देखाई आँपको बगैँचामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार उजुरी दिएका छन्। उजुरीका आधारमा आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडितको गत मङ्गलबार राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ। घटनापछि फरार आरोपितको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खेमनारायण चौधरीले बताए।

विगत ११ महिनाको अवधिमा सप्तरीमा भएका बलात्कारका घटनामध्ये २४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। रासस

प्रकाशित: २९ जेष्ठ २०७१ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App