७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

पोखरामा शारीरिक सुगठन सुरु

पोखरा– बुल्स मेन क्लबको आयोजनामा प्रथम मिस्टर राष्ट्रिय खुला शारीरीक सुगठन प्रतियोगिता शुक्रबार सभागृहमा सुरु भएको छ। पहिलो दिन प्रिजजिङ चरणबाट फाइनललाई प्रत्येक समूहबाट ५–५ खेलाडी छनोट भएका छन्। ५५ केजीमा बुल्सका सुरेश गुरुङ, एप्टिकका कृष्ण शाही, व्यायाम मन्दिरका सुरेश खत्री र रवि महर्जन तथा मसल्सका रजेन्द्र श्रेष्ठ छानिए।६० केजीमा रत्नश्रीका कमल भण्डारी, व्यायामका सुजन तामाङ, फिटनेस स्टुडियोका रुजेश शाही, मसल्सका रमेश चौधरी र फ्लेक्सका रमेश कार्की, ६५ केजीमा अजिमाका रामकृष्ण तमखु, व्यायामका सन्जिव श्रेष्ठ र रामहरि खनाल, नेपाल जिमका विकास चौधरी र पावर जिमका पदमबहादुर राना, ७० केजीमा युनिभर्सलका विक्रम ताजा, व्यायामका रामबहादुर दाहाल र दीपकध्वज ठकुरी, बुटवलका विजेन्द्रमान श्रेष्ठ र फिटनेस फ्याक्ट्रीका होमराज शर्मा फाइनल चरणलाई छनोट भए। 
७५ केजीमा बुल्सका नीरज गुरुङ, व्यायामका सरोज मानन्धर, सेपका महेश्वर महर्जन, ओमका दीपेन्द्रबहादुर खत्री र कालिमाटीका जय महर्जन, ७५ केजी माथि रत्नश्रीका सुनील पोखरेल, बुल्सका राजु बिक, व्यायामका ज्ञाननारायण मानन्धर, चित्रवतीका दिनेश सहनी र फिटनेस धरानका तोर्णबहादुर भुजेल पनि फाइनलमा छनोट हुन सफल भए। 
प्रि जजिङ चरणमा २५ क्लबका ६३ खेलाडीले विभिन्न तौल प्रतिस्पर्धा गरेका थिए। 
आयोजक बुल्स मेन क्लबका अध्यक्ष रुपेन गुरुङले विजेताले १ लाख र प्रत्येक तौलमा प्रथम, द्वितीय र तृतीय हुनेले १०, ७ र ५ हजार नगद पुरस्कार पाउने बताए।

प्रकाशित: २३ जेष्ठ २०७१ २१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App