।।।
– मानव चेतना एवं योग विज्ञानमा विद्यावारिधि गरेका राजु अधिकारीलाई टि्रव्युन न्युजको एउटा रिपोर्टले चकित तुल्यायो– ‘दक्षिण एसियामा १० दिनमा एउटा सुरक्षाकर्मीले आफूभन्दा माथिल्लो पदका अधिकारीको हत्या गर्छन्।
मनोरोगकै कारण हुने यस्तो घटनाले नेपाललाई नगाँजोस् भनेर सेना, प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणलाई आध्यात्मिक प्रशिक्षण दिन तल्लीन छन् अधिकारी। उनी ठान्छन्– आधुनिक प्रविधि र सहरीकरणले तनाव र दिग्दारी बढाएको छ। उच्च महत्त्वाकांक्षा, व्यस्तता र मेसिनमा निर्भर जीवन तथा विषादीयुक्त खाना मनोरोगका चुनौती हुन्।
।।।
– साना केटाकेटीको अनुहार चम्किलो हुन्छ। लाखौं झिल्का देखिन्छ त्यसमा। एउटा सानो ‘स्पाइडरम्यानु देख्दा नै ऊ बुरुक्क उफ्रिन्छ। पार्कमा पिङसँग मच्चिँदा खुसीले चिच्याउँछ। जन्मदिनमा ‘केकु काट्न पाइने लोभले महिनौंसम्म औंला भाँचेर त्यो क्षणको प्रतीक्षा गर्छ।
उमेरसँगै यो झिल्का हराउँदै जान्छ, किनरु
भारतीय लेखक तथा वक्ता चेतन भगतले एक प्रवचनमा भनेका थिए, ‘यो झिल्को कुनै दियोको सुन्दर शिखा हो। यो शिखालाई जोगाइराख्न दियोमा निरन्तर तेल हाल्नुपर्छ। र, हावाको झोँकालाई हरतरहले छेक्नुपर्छ।
।।।
सहरीकरण, भौतिक समृद्धि र अत्याधुनिक जीवनशैली २१ औं शताब्दीको आवरण हो। तर, यसभित्र लुकेका छन्– हतासा, निरासा, तनाव र छटपटी।
समग्रमा मनारोग।
भुसको आगोसरि मानिसलाई भित्रभित्रै खियाउँदै लगेको मनोरोगले च्यापेपछि लेखक चेतनले भनेजस्तो ‘दियोको सुन्दर शिखाु जोगाउने तेल मानिसले जुटाउन सकेको छैन। जीवनको लक्ष्य देखाउने शिखा आफैंलाई सल्काउने डढेलो बन्दै गएको छ।
संसारमा अनेकौं रोग, महामारी र दुर्घटनाले जति मानिसको मृत्यु भएको छ, सन् २०१५ पछि त्योभन्दा अधिक मृत्युरआत्महत्या डिप्रेसनजस्ता मनोरोगले हुने विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को प्रतिवेदनले दाबी गरेको छ।
योग विज्ञानका विद्यावारिधि अधिकारी डब्लुएचओको यो प्रतिवेदन विश्वासिलो हुँदै गएको बताउँछन्। आफूकहाँ आउने सहरवासीमा पनि उनले भित्रभित्र सिध्याउने मनोरोगको लक्षण देखेका छन्। समयमै सचेत नबने यसले विकराल रूप लिने उनको ठम्याइ छ।
एकोहोरिने, अनुहार र व्यक्तित्व गिर्दै जाने, निर्णयशक्ति कमाजोर हुने, निद्रा र पाचन प्रक्रिया बिग्रिने, सम्बन्धहरू खण्डित हुँदै जाने र झिँजो लाग्ने लक्षणलाई उनी मनोरोगको संकेतका रूपमा व्याख्या गर्छन्। एकाग्रता नहुने, काममा रुचि घट्ने, भीडदेखि भाग्न मनलाग्ने जस्ता थप समस्याबाट जोगिन जीवनशैली परिवर्तन नगरी नहुने सुझाव दिन्छन्।
तनाव, विषाद र दिग्दारी पनि भनिने ‘डिप्रेसनु किन बढेको छरु
‘मानिसको खाने, बस्ने, उठ्ने र सोच्ने तरिका लयबद्ध भएन,ु अधिकारी भन्छन्, ‘मानिस इच्छाशक्ति जगाएर लक्ष्यकेन्द्रित हुनेभन्दा नतिजाप्रति आशक्ति बढाएर महत्त्वाकांक्षी हुन थाले, यसैको परिणाम हो मनोरोग।ु रक्तचाप र मुटुरोगीको वृद्धिलाई उनी मनोरोगकै असर मान्छन्। मानसिक दबाब, थायराइड, हर्मोनको असन्तुलन र मोटोपनले मनोरोग बढाएको उनको निष्कर्ष छ।
मनोरोग बढ्नुमा पर्यावरणीय समस्यालाई चुनौती मान्छन् बस्नेत ९ब्रह्मश्रीमित्र०। पाँच तत्त्वको शरीरलाई सन्तुलित राख्न प्रकृतिका पाँच तत्त्व चाहिन्छ। अहिले पाँचै तत्त्व शुद्ध छैन। ‘सूर्यको किरण अल्ट्राभ्वाइलेट छ। हावा, पानी स्वच्छ छैन। खानेकुरा झन् नराम्रो छ। यसले हाम्रो सिस्टममा असन्तुलन पैदा गर्छ। यो नै डिप्रेसनको कारक हो, उनी अर्थ्याउँछन्।
सिस्टममा असन्तुलन भए मान्छे आफैंलाई रिस गर्न थाल्छ। आफैंलाई आदर गर्न नसक्ने मान्छे जीवनविरोधी गतिविधिमा सक्रिय हुन थाल्छन्। लागुपदार्थ र मदिराको लतमा पर्छन्। ब्रह्मान्डको प्रभाव शरीरको पिण्डमा पर्छ। यसको प्रतिरक्षा गर्ने तरिका नजान्दा बालबालिका र युवा थप समस्यामा पर्ने उनी बताउँछन्।
‘कोमल प्रकृतिको मानिसलाई धेरैतिरको नकारात्मक ‘भाइब्रेसनुले प्रहार गरिरहेको हुन्छ। त्यसलाई सहने शक्ति नहुँदा ऊ डिप्रेसनको सिकार हुन्छ, उनी भन्छन्, ‘मान्छेलाई सुन्दर र शान्त बनाउने युनिट नै गडबड छ। दिमाग, मुटु र पेटमा सन्तुलन छैन। असन्तुलनबाट अन्तुलनको अपेक्षा गर्नु नै गलत हो।
उनले देखेका छन्, मान्छेको सही ढंगले विकास भएन। बालबालिकालाई यस्तै बन्नुपर्छ भनेर प्रेसर दिन थालियो। ‘इन्टेलिजेन्ट, इमोसन र इस्पि्रच्युअलुको सन्तुलनलाई सही विकास मान्ने उनी ‘इन्टेलिजेन्टु पक्षमा मात्र केन्द्रित हुँदा समस्या उत्पन्न भएको ठान्छन्। माया, प्रेम, शान्ति र आनन्द गुमाएर कोही ‘इन्टेलिजेन्टु रहन सक्ला जस्तो उनलाई लाग्दैन।
एकअर्काको अनावश्यक तुलना, भौतिक र आध्यात्मिक जीवनबीच असन्तुलनमा उनी डिप्रेसनको कारण भेट्छन्।
जंक फुडको असर
मनोरोगलाई सबैभन्दा बढाउने काम जंक फुडले गरेको किटानी गर्छन् बस्नेत। यस्ता खनाले शरीरलाई चाहिने रगत पैदा गर्न सक्दैन। मुटु, मिर्गौला, दिमाग र फोक्सोलाई चाहिने आवश्यक शक्ति वातावरणले त दिन सकेको छैन नै, खानाका रूपमा जंक फुड रोज्दा अर्को आधार पनि कमजोर बनेको छ।
‘चाउचाउ, बर्गर, पिज्जा भनेका मृत खाना हुन्। यसले रस र रगत पैदा गर्न सक्दैन। शरीर कमजोर बनाउँछ। सानो कुरा पनि झेल्न नसकेर मान्छे चिडचिडिन्छ, झगडा गर्छ, स्मरण शक्ति गुमाउँछ, बस्नेत भन्छन्।
अधिकारीको भनाइमा, यस्ता खानाले शरीरको ‘ह्यापी हर्मोनु घटाइदिन्छ। मन र विचार बनाउने खाना नै गलत पर्यो भने स्वास्थ्य सही हुने गुञ्जायसै रहेन। शरीर र मनको दोष एवं मनोविकार र निराशा हटाउन उनी प्राकृतिक खाना र राम्रा पुस्तकको सहारा लिन सल्लाह दिन्छन्।
निरोगी हुन
इगोसहितको विकासलाई विनास र विवेकसहितको विकासलाई सिर्जना मान्छन् बस्नेत। सिर्जनशील विकास भएको ठाउँमा शरीर स्वस्थ हुने तर्क गर्दै उनी वन, जंगल र हरियाली बढाउन आग्रह गर्छन्।
पर्यावरणलाई पहिलो प्राथमिकतामा राख्ने उनी प्राकृतिक खाना, एकान्त बास, योग र जीवनलाई प्रेम गर्न सिकाउँछन्। ‘मनोरोगको समाधान गर्ने भनेको आत्मामा शान्ति र कर्ममा क्रान्ति गरेर हो,ु उनको भनाइ छ, ‘योग, ध्यान, प्राणायाम, शुद्ध आहार एवं सही आचारविचार नै यसको एकमात्र उपचार विधि हो।ु
‘तरकारी र फलफूलमा विषादी प्रयोग गरिएको हुन्छ। त्यसैले पखालेर राखेको २४ घन्टापछि मात्र खाने। दैनिक तीन लिटर पानी पिउने। मर्निङ वाक, खेल, योग, प्राणायम र ध्यान नियमित गर्ने। आफूलाई शान्त राख्ने, राम्रो पुस्तक र सफल मान्छेको जीवनी पढ्ने। महत्त्वाकांक्षा नपाल्ने। जीवनलाई हिरा ठान्ने, हिराको पछि नदौडने, डिप्रेसनबाट जोगिन यस्ता टिप्स दिन्छन् बस्नेत।
यसबाहेक सम्यक आहार, सम्यक व्यायाम र सम्यक निद्रामा पनि जोड दिन्छन् उनी। ‘सय प्रतिशत भौतिक र सय प्रतिशत आध्यात्मिक गरी दुई प्रतिशत जिउने तरिका सिक्नुपर्छ, उनी भन्छन्।
मध्यमवर्गीयले भौतिक सुविधालाई सफलता ठान्न सक्छन्। हरेकपटक केही किन्न खोज्दा एकचोटि सोच्न बाध्य बनाउने आर्थिक हैसियतका कारण त्यो सोचलाई भगत अनुचित मान्दैनन्।
आर्थिक स्वतन्त्रता जिन्दगीको एउटा ठूलो उपलब्धि भए पनि यसलाई जिन्दगीको अन्तिम लक्ष्य मान्न उनी तयार छैनन्। ‘पैसा नै गन्तव्य हुँदो हो त अम्बानीहरू काम नगरी बस्ने थिए। शाहरुख खानले नाच्ने छाड्ने थिए। उनीहरू अनवरत मेहनत गर्छन्। यसले उनीहरूलाई सधैं ऊर्जावान बनाइराख्छ। मेहनतका साथ पढे तपाईंहरू सजिलै अर्को खुड्किलो उक्लिनुहुन्छ। धेरै मानिससँग अन्तर्त्रि्कया गरे राम्रो अन्तर्वार्ता लिन वा दिन सक्नुहुन्छ। अभ्यास गरे तपाईंको क्रिकेट–कौशल तेजिलो हुनसक्छ। तपाईंहरू सबै तेन्दुल्कर बन्न सक्नुहुन्न। तर, पक्कै अर्को स्तर उक्लिनुहुन्छ। यो स्तरोन्नतिका निम्ति हरदम संघर्ष गर्नु अति महत्त्वपूर्ण छ, भगतले आफ्नो प्रवचनमा उल्लेख गरेको पंक्ति ‘प्रगतिको पछाडि भौंतारिनेहरूका लागि मननयोग्य छ।
लक्ष्य र महत्त्वाकांक्षाको फरक स्पष्ट नदेख्दा मान्छे विचलित हुन्छ। यही विचलनले मान्छे मनोरोगको चंगुलमा पर्ने ठान्छन् अधिकारी। यसको निदानका लागि समयमै योग र ध्यानका साथै आहार शैलीमा परिवर्तन गर्न उनी जोड दिन्छन्। उनी नशाप्रदायक भन्दा ऊर्जाप्रदायक खानाको छनोट गर्न सल्लाह दिन्छन्। चिया र कफीले एकछिन उत्तेजना पैदा गरे पनि पछि डिप्रेसनमा लैजाने हुँदा यस्ता पेय वर्जित गर्न सुझाउँछन्। धेरै नपकाएको, तरल र टुसा उमि्रएको खाना उनको सिफारिसमा पर्छ।
‘हर क्षण र हर खानेकुरालाई प्रसाद मान्नुपर्छ। आध्यात्मिक जीवनशैलीप्रति आस्थावान् हुनुपर्छ, उनी भन्छन्, ‘विषद ९डिप्रेसन० बाट प्रसादमा जाने उत्तम बाटो यही हो।
नियमित प्रार्थना, मेडिटिसन, मनलाई तालिम, सबैसँग घुलमिल र सामाजिक काम मनोरोग घटाउने तरिका भएको उनी बताउँछन्। एक्लै नबस्ने, आफूलाई समाजको अंग मान्ने, पर्याप्त र गहिरो निद्रा लिने, धेरै कामभन्दा सार्थक काम गर्ने हो भने छिट्टै यस्तो समस्याबाट मुक्ति मिल्ने बताउँछन् उनी।
‘फास्टिङले डिप्रेसन घटाउँछ। शरीर र मनको दोष हटाउँछ। राम्रा पुस्तकले मनोबल बढाउँछ। योग र प्राणायामले प्राणशक्ति र आत्मबल बढाउँछ, उनी भन्छन्, ‘रगतको विकार मनोरोगको कारण हो। प्राणायामले रगत शुद्ध बनाउँछ र राम्रो विचार उत्पादन हुन्छ। मनोरोगको अचुक उपचार यही हो।
सुत्नेबेला दिनभरिको विश्लेषण गर्ने, गल्ती भए क्षमा माग्ने, रित्तो दिमागले सुत्ने र उठ्नेबित्तिकै कार्यतालिका सम्झेर काम गर्ने संकल्प गर्दा तनाव नहुने उनी बताउँछन्।
इमानदार हौं, गम्भीर नबन
सफल लेखक भगतले सन्तुलित जीवनलाई नै सफल बताएका छन्। मानिसभित्रको झिल्को निभाउन सक्ने तीन तत्त्वको चर्चा गरेका छन्। हतासा, निराशा र विभेदजस्ता ती तत्त्वबाट बच्न ‘सन्तुलितु बन्न उनले प्रेरित गरेका छन्।
‘म ‘सफलुअघि ‘सन्तुलितु शब्द प्रयोग गर्दैछु। ‘सन्तुलितुको अर्थ स्वास्थ्य, सम्बन्ध र मानसिक शान्तिलाई मिलाइराख्नु हो। प्रेमी वा प्रेमिकासँग ‘ब्रेकअपु भएको दिन ‘प्रमोसनु पाउनुको कुनै अर्थ छैन। ढाड दुख्ने गरी काम गरेर कार हाँक्नुको के मज्जारु बोझिलो मस्तिष्क बोकेर ‘सपिङ मलुमा टहलिनुले के आनन्द देला ररु उनले भनेका छन्।
बेचैनीमा नबाँच्न भगतले गहकिलो टिप्स दिएका छन्, ‘जिन्दगीलाई कहिल्यै गम्भीरताका साथ नलिनूहोस्। मेरा एक योगगुरु आफ्ना सबै शिष्यलाई कक्षामा हँसाइराख्नुहुन्थ्यो। कुनै एक साथीले गुरूसँग योगाभ्यासमा यो हाँसोको के सम्बन्ध छ भनेर सोध्यो। गुरुले गम्भीर नहोऊ, इमानदार होऊ भन्नुभयो। त्यसयता गुरुको दर्शनले मेरो कार्यशैलीलाई जहिल्यै परिभाषित गरेको छ। चाहे मेरो लेखनीमा होस् वा सम्बन्धमा, म कहिल्यै गम्भीर भइनँ। इमान्दारचाहिँ पक्कै भएँ।
लगातार नौ वटा प्रकाशन गृहले पहिलो पुस्तकको पाण्डुलिपि अस्वीकार गर्दा झन्डै हार खाएका भगतले ‘बेस्ट सेलरु भइसकेपछि अनुभव गरेका छन्, ‘चुनौतीलाई सधैं पार लगाउन सकिने भए त ती चुनौती नै नहुने थिए। चुनौतीलाई सामना गरेर नै सफलता भेटिन्छ, योसँग तर्सिएर होइन।
प्रकाशित: १६ जेष्ठ २०७१ २२:३५ शुक्रबार





