७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

'इम्पोर्टेड फ्रेन्ड'

बलिउड अभिनेता–अभिनेत्रीका नाम बेला–बेला अन्तर्राष्ट्रिय स्टारसँग जोडिइरहन्छ। बलिउड अभिनेत्रीहरू अन्तर्राष्ट्रिय अभिनेतालाई कहिले ब्वाइफ्रेन्डका रूपमा स्विकार्छन् त कहिले साथीका रूपमा मिडियासामु परिचित गराउँछिन्।कहिलेकाहीँ त प्रचारमात्रका लागि पनि यसो गरिएको हुन्छ। विदेशी स्टारसँग देखिनेबित्तिकै बलिउड कलाकारको 'रेटिङ' रातारात माथि पुग्ने विश्वास गरिन्छ। फिल्मकर्मी र फ्यानका आँखाहरू उनीहरूतिर सोझिन्छन्।ओरालो लागेको करिअरलाई उभो लगाउन बिपासा बासुले पनि 'इम्पोर्टेड फ्रेन्ड' को फन्डा अपनाएकी थिइन्। आइफा अवार्डमा हलिउडस्टार क्युबा गुडिङ जुनियरसँग उनी मञ्चमा देखिएकी थिइन्। जोन अब्राहमबाट छुट्टिएपछि र एकपछि अर्को फिल्म फ्लप हुन थालेपछि उनले यो 'फन्डा' अपनाएकी हुन्। यसो गरेपछि उनको चर्चा चुलियो। बिपासाले असफलताको बाटो समातेको भए पनि गुडिङले उनको र बलिउडको खुलेर प्रशंसा गरेका थिए। हलिउड स्टारले नै प्रशंसा गरेपछि त बिपासालाई 'ढुंगा खोज्दा देउतै मिले'जस्तो भएको थियो। फुटबलर क्रिस्टियानो रोनाल्डोको साथले पनि उनलाई चर्चा दिलाउन मद्दत पुर्यारएको थियो। रोनाल्डो र बिपासाको 'किस' ले त लामो समयसम्म बलिउड तताएको थियो प्रियंका चोपडाको 'लुक्स' जस्तै उनको विदेशी साथीहरूका लिस्ट पनि सधैँ 'फ्रेस' नै रहन्छ। ब्रिटिस पपगायक र गीतकार जे सिनसँग प्रियंकाको अफेयरको हल्ला चलेको थियो। धेरै पटक यी दुईलाई 'डिनर डेट' मा सँगै देखिएको थियो। अफेयरको हल्ला एक कान, दुई कान, मैदान हुन थालेपछि 'वी आर जस्ट फ्रेन्ड्स' भन्दै जे सिन पन्छिएका थिए। यसअघि प्रियंकाको नाम हलिउड फिल्म '३००' का प्रख्यात अभिनेता जेरार्ड बट्लरसँग पनि जोडिएको थियो। बट्लर र उनीबीच चलेको निरन्तर 'च्याटिङ' ले बलिउडमा खुब चर्चा पाएको थियो। जेरार्डले प्रियंकालाई आफ्नो 'मिल्ने साथी' भनेका थिए। तर, बलिउडकर्मीका अनुसार प्रियंकाको घरमा अबेर रातसम्म भएको पार्टीमा झोक चलेर बट्लरले उनलाई बिहेको प्रस्तावसमेत राखेका थिए। पपस्टार लेडी गागासँग पनि प्रियंका सम्बन्ध राम्रो छ। गागाले प्रियंकाको खुब प्रशंसा गरेकी छिन्। बलिउडका 'खेलाडी' अक्षय कुमारले त विदेशी पप गायिकासँग नाच्ने रेकर्ड नै बनाएका छन्। काइली मिनोग र उनले फिल्म 'ब्लू' र 'सिंह इज किङ' मा सँगै काम गरेका थिए। भनिन्छ, जब काइली मुम्बई आएकी थिइन्, उनको सत्कारका लागि सञ्जय दत्त र अक्षय कुमारबीच मनमुटावसमेत भएको थियो। अब छिट्टै अक्षय अमेरिकन र्या पगायक लुडाक्रिससँग र्या प गाउँदै देखिनेछन्। विदेशी साथीको भरमा बलिउडमा 'हंगामा' नै मच्चाएकी थिइन्, अभिनेत्री शिल्पा सेट्टीले। करिअर चिस्सिएको बेलामा उनले ब्रिटेनको रियालिटी शो 'बिग ब्रदर' जितेको खबरले बलिउड हल्लायो। यसअघि पनि उनी यसै शोका कारणले चर्चामा आएकी थिइन्। एक सामाजिक कार्यक्रममा उनी हलिउड अभिनेता रिचर्ड गेरसँगै मञ्च बाँड्दै देखिइन्। जहाँ गेरले उनलाई चुम्बन गरेका थिए। यस घटनापछि यत्रतत्र उनको चर्चा भएको थियो। फिल्म 'काइट्स' बन्ने क्रममा स्पेनिस अभिनेत्री बारबरा मोरी र ऋतिक रोशनको 'केमेस्ट्री' पनि चर्चामा आएको थियो। यस चर्चाबाट ऋतिक र उनकी पूर्वश्रीमती सुजानको सम्बन्ध त्यतिबेलै कटु भइसकेको थियो। चर्चा सेलाएपछि ऋतिक र सुजानको सम्बन्ध सुधि्रयो। ऋतिक र सुजानको सम्बन्ध–विच्छेद हुनुको पहिलो कारण बारबरालाई नै मानिएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७१ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App