उनले धनुषा, महोत्तरी र सिरहा जिल्लामा लागुऔषधको कारोबार गर्दै आएका थिए। विगत १० वर्षदेखि लागुऔषधको कारोबार गर्दै आएका मगरले आफ्नै घरमा लागुऔषधको प्याकिङ गर्ने गरेको समेत खुलासा भएको छ।
अञ्चल प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले अञ्चलभरि नै लागुऔषधविरुद्ध प्रहरीको अभियान सञ्चालन गरिएको बताए।
उनका अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लाबाट ९३ जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको छ।
सोमध्ये धनुषाका ३९, सर्लाहीका १७ र महोत्तरीका ३७ जना लागुऔषध कारोबारमा संलग्न रहेका छन्।
प्रकाशित: १३ वैशाख २०७१ ०१:५८ शनिबार





