प्रतिष्ठान र विन्दु आर्टको संयुक्त आयोजना रहेको प्रदर्शनीको उद्घाटन रुसी राजदूत डाक्टर सेरगे भेलिचकिनले उद्घाटन गरेका थिए। प्रदर्शनीमा कलाकार विधाता केसीले ‘लिलिज' शीर्षकमा कमलको पातलाई कुँदेकी छिन्।
‘कमलको फूलमा पात नभएको भए त्यति राम्रो हुँदैनथ्यो होला,' उनी अनुमान गर्छिन्। हरियो रङमार्फत् कमलको पातलाई निकै मेहनतका साथ उतारेकी छिन्। थप्छिन्, ‘राम्रो चीज हुनलाई कारक तŒवलाई ध्यान दिँइदैन। म त्यसलाई चित्रमा खोजेकी हुन्छु।'
इचिङ र उड (जिङ्क प्लेट र काठ)मा कुँदेपछि रङ राखी मेसिनद्वारा कागजमा प्रिन्ट गरिन्छ। जसलाई प्रिन्टमेकिङ भनिन्छ। २० वर्षअघि जापान सरकारले दिएको इचिङ प्रिन्ट मेसिन नाफामा कामविहिन बनेको थियो। एक वर्षदेखि प्रयोगमा ल्याउन थालिएको छ।
कम काम हुने प्रिन्ट मेकिङ पद्धतिलाई निरन्तरता दिन प्रदर्शनी गरिएको विन्दुकी सौरगंगा दर्शनधारीले बताइन्। प्रदर्शनीमा प्रकृति, धर्म, राजनीति, संस्कृति विषयमा आधारित प्रिन्टहरु छन्। ‘इनग्राभिङ' शीर्षकको प्रदर्शनीमा विसन राजभण्डारी, विधाता केसी, कृष्ण राउत, कृष्णमाया सुवाल, सम्झना राजभण्डारी, सन्तोष सिग्देल, सुरेन्द्र महर्जन, टीकादत्त दाहालका सिर्जना राखिएका छन्। सबै इचिङ विषयमा स्नातकोत्तर पास गरेका कलाकार हुन्। प्रदर्शनी चैत २९ सम्म चल्नेछ।
प्रकाशित: २३ चैत्र २०७० २३:२९ आइतबार





