६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

कलाकर्मीहरु सम्मानित

काठमाडौ– योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले बुधबार योगी नरहरिनाथको १०० औं जन्मजयन्ती मनाएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विविध क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।परिषद्का प्रमुख सल्लाहकार बालाराम घर्तीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार जेबी विष्ट, संस्कृतिविद् भुलाई चौधरी, भाषाविद् आचार्य जनार्दन घिमिरे, साहित्यकार गोविन्दप्रसाद घिमिरे लगायतका व्यक्तिलाई सम्मान गरिएको थियो। 
कार्यक्रमका प्रमुख अतिथि सूर्यबहादुर थापाले योगी नरहरिनाथले हिन्दू धर्मको प्रचारप्रसार तथा देशको विकासमा महत्वपूर्ण योगदान दिएको बताए।

प्रकाशित: २९ फाल्गुन २०७० २३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App