प्रहरीका अनुसार आइतबार दिउँसो बा१ए ७७४१ नम्बरको सरकारी गाडी लिएर उनीहरू ‘राजस्व कार्यालयबाट आएको' भन्दै नरदेवीको एउटा व्यापारीकहाँ पुगेका थिए। सरकारी नम्बरप्लेटकै गाडीमा आएकाले व्यापारीहरूले झुक्किएर मागेअनुसार सामानको बिलविजक देखाएका थिए। त्यसपछि उनीहरूले ‘केही गडबड छ' भन्दै पैसा माग्न थालेका थिए।
सबै कागजपत्र सही भए पनि पैसा माग्न थालेपछि व्यापारी र उनका कामदारले नक्कली कर्मचारी हुनसक्ने शंका गर्दै होहल्ला गरेर स्थानीयलाई बोलाएका थिए।
वृत्तका प्रमुख डिएसपी उमेश जोशीले तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्य दुईजनाको खोजी भइरहेको जानकारी दिए। ‘प्रारम्भिक अनुसन्धानमा उनीहरू अनुगमनमा खटिएका कर्मचारी हुन् भन्ने देखिएको छैन,' जोशीले भने।
प्रकाशित: २६ फाल्गुन २०७० २०:३८ सोमबार


-600x400.jpg)


