राप्रपाबाट २०५६ सालको संसदीय चुनावमा भने उनले विजय हासिल गरिन्। चुनाव जितेको केही वर्षमै संसद भंग भयो। संसद पुनर्स्थापना भएपछि सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनले महिला तथा बालबालिका मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाइन्।
दोस्रो जनआन्दोलनमा राप्रपा सहभागी नभए पनि रेणुले आफूलाई अलग राख्न सकिनन्। ‘जनताको पक्षमा आन्दोलन गर्न कसैको स्वीकृति आवश्यक पर्दैन भनेर आन्दोलनमा होमिएँ,' उनले भनिन्।
दोस्रो जनआन्दोलनलगत्तै भएको मधेस आन्दोलन क्रममा मधेसी, आदिवासी, जनजातिलगायत उपेक्षित समुदायको हक–अधिकार सुनिश्चित गर्न उनी मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेकी रेणु अहिले सोही पार्टीको केन्द्रीय कोषाध्यक्ष छिन्।
महिलालाई उपेक्षा गरी कमजोर ठाउँबाट उम्मेदवार बनाउने चलनको विपक्षमा छिन् उनी। राज्यका सबै निकायमा प्रतिशतकै आधारमा महिला सहभागिता अनिवार्य हुनुपर्ने उनको अडान छ। ‘अहिलेसम्म महिला आफ्नालागि सडकमा उत्रेका छैनन्, अब आफ्नो अधिकारका लागि सजग भएर आन्दोलनको अगुवाइ गर्न आवश्यक छ,' उनले भनिन्।
प्रकाशित: २५ फाल्गुन २०७० ०१:२१ आइतबार





