७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली राजनीतिमै हक्की, आँटिली र जुझारु आशावादी नेतृका रुपमा चिनिन्छन्।

पार्टी जीवनमा खासै हैसियत नभएको औपचारिक विभाग अध्ययन तथा अनुसन्धान केन्द्रीय विभाग सदस्यमा थन्क्याइए पनि राजनीतिमा उनीबाट केही पाउनेमा युवा पुस्ता ढुक्क छ। 
२०४७ वैशाखमा रामकुमारी पृथ्वी मावि पुर्कोटदह, गुल्मीमा कक्षा ७ मा पढ्दै थिइन्। बहुदल आएको खुसियाली मनाउने क्रम टुटेको थिएन। दिनदिनै जुलुस निकालिन्थ्यो। त्यही जुलुसमा हिँड्दाहिँड्दै अनेरास्ववियुको विद्यालयस्तीय प्रारम्भिक कमिटीमा सहसचिव भइन् उनी। त्यहीँबाट उनको राजनीतिक यात्रा सुरु भयो। अध्यक्ष हुँदै राजनीतिमा होमिइन्। 
जिल्ला, क्षेत्रीय कमिटीको अध्यक्ष हुँदै एसएलसी सकेपछि नर्सिङ पढ्न काठमाडौं छिरिन्। मन नर्सिङभन्दा राजनीतितिरै लाग्यो। पद्मकन्या क्याम्पसमा स्वागत कार्यक्रममा पहिलोपटक उनले भाषण (थ्याङ्स स्पिच) गरिन्। त्यो भाषणबाटै उनी क्याम्पसमा चिनिन र राजनीतिमा जम्न भर्यााङ बनेको उनी बताउँछिन्। ‘रामकुमारी झाँक्री नाम सुन्दा नै सबैको मुखमा झुन्डियो,' उनी सम्झन्छिन्, ‘मैले दनदनाएर भाषण दिएँ, सबले वाहवाह गरे, त्यहीँबाट मेरो मार्केट (राजनीतिमा भूमिका) सुरु भयो।'
त्यसयता उनी हरेक अन्दोलनमा अग्रपंक्तिमै रहिन्। ‘लड्न त मैले स्कुलदेखि नै सिकेर आएकी हुँ,' उनले राजनीतिक लडाइँ सम्झँदै भनिन्। 
राजनीतिको सक्रियताले उनी काठमाडौं जिल्ला कमिटीको उपाध्यक्ष भइन्। २०५४ मा राष्ट्रिय परिषद् सदस्य भइन्। यही वर्ष पार्टी फुट्यो, नेकपा मालेमा पनि अखिलको राष्ट्रिय परिषद अध्यक्ष भइन्। अखिलमा हुँदा प्रचार विभाव प्रमुख हुँदै चारपटक महिला विभाग प्रमुख भइन्। पहिलोपटक महिला भएरै प्रमुखको जिम्मेवारी पाएकी झाँक्री त्यसपछि सक्रियता र लगावले जिम्मेवारी पाएको बताउँछिन्।
उनी राष्ट्रिय सचिवालय सदस्य हुँदै २०६५ सालमा अनेरास्वयवियु अध्यक्ष भएकी थिइन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App