प्रहरीको तथ्यांकले दार्चुलामा वन्यजन्तु तस्करी बढिरहेको देखाउँछ। 'वन्यजन्तुको तस्करी बढेको छ,' दार्चुलाका प्रहरी प्रमुख टीकाबहादुर केसीले भने, 'तस्करी नियन्त्रणमा प्रहरी निरन्तर लागिरहेको छ।'
भारतसँगको खुला सिमाना प्रयोग गरेर नेपालमा हुने तस्करीमा छाङरु प्रहरी चौकी तथा सीमा प्रहरी चौकी टिंकरका प्रहरीको मिलेमतो हुने गरेको स्थानीयले आरोप लगाएका छन्। छाङरु, दुम्लिङ र टिंकर चौकीका प्र्र्रहरीको मिलोमतोमा वन्यजन्तुका अंग तस्करी हुने गरेको उनीहरूको दाबी छ। स्थानीय भोजराज जोशीले बार्गेनिङ नमिलेपछि मात्रै भरियालाई समात्ने गरेको बताए।
तस्करीमा मिलोमतोको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुम्लिङ प्रहरी चौकीका असई जमनसिंह बुढाथोकीलाई हालै सरुवा गरेको थियो। तर, प्रहरी प्रमुख केसी भने तस्करीमा प्रहरीको मिलेमतो अस्वीकार गर्छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म भरियाबाहेक तस्करका नाइके समातिएका छैनन्। एक साताअघि तस्करी गर्दैगर्दा प्रहरीले बाघको छाला बरामद गर्योभ तर तस्करहरू पक्राउ परेनन्। वन्यजन्तु अंग कारोबारी हुती, सुनसेरा, राप्ला, व्यास गाविसमै अस्थायी होटेल तथा पसल थापेर बस्ने गरेको स्थानीय बताउँछन्।
प्रहरीले जेठमा ५ करोडभन्दा बढी मूल्यका वन्यजन्तु अंगसहित एकजना र गत शुक्रबार चार भरियालाई पक्राउ गर्योन। आठ महिनाको अवधिमा प्रहरीले बाघको छाला एक थान, चितुवाको छाला पाँच थान, बाघ र चितुवाको हड्डी ३० केजी, बाघको दाँत ४ वटा, चितुवाको दाँत ६ वटा, हात्तीको दाँत २ वटा, कस्तुरीको बिना ५ वटा र सालकको कत्ला ३५ केजी समातेको छ।
२०६९ कात्तिक १८ मा शिखर– ८, बलाचबाट रतुवाको ३० थान छालासहित एकजना समातिएकोमा प्रहरीले त्यसको चार दिनपछि नै व्यास–४, कुन्तीशाह गाउँमा चार थान चितुवाको छाला र ६ किलो ७ सय ८० ग्राम हड्डीसहित दुईजनालाई पक्राउ गर्योन। सोही वर्ष मंसिरमा व्यास–४, पिपलच्यातीमा ४० किलो सालकको खबटासहित हुम्लाका पेन्जिङ तामाङ समातिए। वन्यजन्तुको मुख्य कारोबारीका रूपमा रहेका हुम्लाका कर्मा तामाङ र नविन तामाङ फरार छन्। प्रहरीले पक्राउ गरेकालाई अपिनाम्पा संरक्षण क्षेत्रमा बुझाउने गरेको छ। कर्मचारी अभावका कारण तस्करी रोक्न नसकिएको अपिनाम्पा संरक्षण क्षेत्रका निमित्त प्रमुख दिलीप वनले बताए।
पक्राउ गरिएकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिएको छ। कडा कानुन र राम्रो सरकारी संयन्त्र नहु“दा तस्करीमा संलग्न धेरै नियन्त्रणबाहिर छन्।
भारत हुँदै वन्यजन्तुको अंग चीन पुर्यााउन तस्करले दार्चुलाको व्यास नाकालाई रोज्दै आएको जानकारहरू बताउँछन्। तस्करीको मुख्य नाकाका रूपमा रहेको व्यासमा नेपाल प्रहरी ६ महिनामात्रै बस्छ। '१० जना प्रहरीको भरमा तस्करी नियन्त्रण गर्न सकिँदैन तर सक्नेजति पहल गरिरहेका छौं,' दार्चुला प्रहरी प्रमुख केसीले भने।
खुलामा सीमाका कारण तस्करी नियन्त्रण गर्न समस्या भइरहेको उनी बताउँछन्। भारतीय सीमामा प्रहरी चौकी भए पनि तस्करले तुइन वा अन्य बाटो प्रयोग गरी वन्यजन्तु अंग नेपाल भिœयाउने गरेको र त्रिदेशीय सीमामा प्रहरी चौकी नै नभएको उनले बताए।
प्रकाशित: १२ माघ २०७० २१:२४ आइतबार





