६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

ठूला नेताको बर्चश्व गुम्ने खतरा

इलाम— राष्ट्रिय राजनीतिको मूलधारमा छाइरहने आधा दर्जन नेतासहित झण्डै सय जना उम्मेदवार रहेको मेचीको चिसो पहाडीक्षेत्र चुनाव नजिकि"दै गर्दा तात्तिएको छ । कञ्चनजंघा फेदीमा भारतस"ग जोडिएका इलाम, पा"चथर र ताप्लेजुङमा 'फेरि जित्ने' कसरत गरिरहेका चर्चित नेतालाई क्षेत्रीय पार्टीका उम्मेदवारका कारण बर्चश्व कायम राख्न आच्छुआच्छु पर्दैछ । उल्लेख्य संख्यामा चुनावी मैदानमा उत्रिएका साना पार्टीका उम्मेदवारले निकै मत काट्ने हु"दा ठूलाको अवस्था संकटमा परेको हो।२०४८ यता तीनपल्ट जितेकै क्षेत्र इलाम १ बाट उठेका एमाले अध्यक्ष झलनाथ खनालस"ग ११ प्रतिस्पर्धी छन् । का"ग्रेसका हिमालय कर्माचार्यलाई ठूला प्रतिस्पर्धी मानिए पनि एमाओवादीका युवकुमार पौडेल र संघीय समाजवादीका देवेन्द्रकुमार राईले आफ्नो जित सुनिश्चित भएको दावी गर्दैछन् । खनालको जितमा क्षेत्रीय पार्टीका उम्मेदवारले काट्ने मत बाधक बन्नसक्ने धेरैको अनुमान छ । अघिल्लोपल्ट झण्डै चार हजार मतले जितेका खनाल स्वयं यसपल्ट त्यस्तो नहुने ठानेर खट्दैछन् ।

किरा"त धर्मावलम्वीको बाहुल्य रहेको इलाम २ लाई पकडक्षेत्र मान्दै फेरि त्यही"बाट उठेका एमालेका सुवासचन्द्र नेम्वाङलाई १२ दलका उम्मेदवारले जित्न नदिने कसरत गर्दैछन् । नेम्वाङले 'कोही प्रतिस्पर्धी नरहेको' दोहो¥याए पनि का"ग्रेस, माओवादी र समाजवादीले धक्का दि"दैछन् । फोरम लोकतान्त्रिकदेखि लिम्बुवान, खस समावेशी, मंगोल नेशनल र राप्रपाले काट्ने मत नैं नेम्वाङलाई खतरा हुनसक्छ । धेरैजसो उम्मेदवार जनजाति नैं भएकाले पनि उनलाई अघिल्लो चुनावभन्दा अप्ठ्यारो छ ।

का"ग्रेस जिल्ला अध्यक्ष केशव थापा उठेको इलाम ३ मा एमालेका टेकबहादुर राई र एमाओवादीका धिरेन्द्र शर्मा 'आफू अगुवा' भन्दै घरदैलो चहार्दैछन् । ०५६ मा जितेपछि पकडक्षेत्र मान्दै त्यहींबाट उठेका थापाका लागि एमालेका राई मुख्य प्रतिस्पर्धी बन्दैछन् । आफ्नो आधारथलो भन्दै एमाओवादीका शर्मा 'पुरानाको बर्चश्व आफूले उछिट्याउने' दावीसहित चुनावी दौडधुपमा व्यस्त छन् । १४ उम्मेदवार भिड्दै गरेको त्यसक्षेत्रमा मंगोल नेशनलले काट्ने मत उनीहरुका लागि घातक हुनेछ । दुई क्षेत्र रहेको पा"चथरमा यसपल्ट पनि कांग्रेस र एमालेवीच नैं प्रतिस्पर्धा हु"दैछ । पहिले एक÷एक क्षेत्र जितेका उनीहरु फेरि टक्करमा छन् । विभाजन भएकाले एमाओवादी चाहिं का"ग्रेस एमालेजति बलियो देखि"दैन । राप्रपा नेपाललाई तेस्रो शक्तिका रुपमा उदाउने आंकलन गरिंदैछ । थुप्रै साना पार्टीले भिड्दै गरेको क्षेत्र १ मा कांग्रेसका नरेन्द्रकुमार केरुङ र एमालेका वैकल्पिक केन्द्रिय सदस्य गणेश काम्वाङवीच प्रतिस्पर्धा हु"दैछ । दुवैले जित निश्चित भएको दावी गर्दै गाउ" दौडाहा तीव्र पार्दैछन् ।

पा"चथर १ मा अघिल्लोपल्ट मात्रै सात मतले काम्वाङलाई पछि पार्दै कांग्रेसका पूर्णकुमार सेर्मा चुनिएका थिए । एमाओवादीका अइन्द्र केरुङ का"ग्रेस एमालेलाई पछार्ने दाउमा देखिन्छन् । 'हाम्रो चुनावी जोड घटाउ का"ग्रेसस"गै हुन्छ, अरु निकै पछि छन्' पा"चथर एमाले उपसचिव थुमनाथ चापागाईको दावी छ, 'यसपल्ट विजय हासिल गर्न ठूलो कसरत गर्दैछौं ।' का"ग्रेसका जिल्ला सदस्य डिकेन्द्र चेम्जोङ चाहिं दुवै क्षेत्रमा जित्न पार्टीले ठूलो कसरत गरेको उल्लेख गर्दै परिणाम आफ्नो पक्षमा पर्ने ठान्दैछन् ।

साना पार्टी सक्रिय हु"दा त्यहा" पनि ठूलालाई थोरबहुत धक्का पुग्नेछ । राप्रपाले आफ्नै उम्मेदवार तय गरेको हु"दा विजय हासिल गर्ने दाउमा एमाले छ भने एमाले कार्यकर्ता समाजवादीतिर ढल्किएकाले जित आफ्नो पोल्टामा पर्ने का"ग्रेसको विश्वास छ । क्षेत्र २ मा कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका डम्बरसिं सम्बाहाम्फेकै पल्ला भारी भए पनि पुराना पुस्ताका नेता पद्मसुन्दर लावतीको चर्चा कम छैन । एमाओवादीका दिनेश लावती पनि प्रतिस्पर्धामा कम छैनन् । उनलाई सघाउने धेरै छन् ।

दुईटै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एमाले इतिहास ब्यु"झाउन चाहन्छ भने एमाओवादी अघिल्लोपल्ट जस्तै आफू पहिलो हुन खोज्दैछ । का"ग्रेसको ध्याउन्न खाता खोल्नुमा केन्द्रित छ । १० पार्टीका उम्मेदवारले भरिएको क्षेत्र १ को चुनावी मैदानमा एमाओवादीका सञ्चपाल मादेन, का"ग्रेसका लीलादेवी बोखिम र एमालेका भुपेन्द्र थेवेवीच कडा प्रतिस्पर्धा हु"दैछ । मैदानमा अरु सात उम्मेदवार पनि मत उछिट्याउन दाउ छोपिरहेकाले ठूला पार्टीका प्रतिस्पर्धीहरु जित्नलाई भएभरको कसरत गर्दैछन् ।

क्षेत्र २ मा एकलौटी जित्दै आएको एमाले, पराजय खेपिरहेको का"ग्रेस र बर्चश्व कायम गर्ने होडको एमाओवादी उम्मेदवारवीच प्रतिस्पर्धा हु"दैछ । विगतको पराजयलाई बदला लिन एमाओवादीका टंक आङ्बोहाङ अघिल्लोपल्ट जितेका एमालेका डम्बरध्वोज तुम्बाम्फेलाई पछार्ने दाउमा छन् । आङ्बोहाङ र तुम्बाम्फेलाई पछि पार्दै विजय हासिल गर्न का"ग्रेसका प्रतापप्रकाश हाङगामले कम्मर कसेका छन् । त्यहा" पनि ठूलाका निम्ति साना दलका उम्मेदवार 'पराजयको कारक' बन्न सक्छन् ।

प्रकाशित: १५ कार्तिक २०७० २३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App