८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं-८ बाट विराज भक्तको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराज भक्त श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दर्ता गराएका छन्।

सो अवसरमा भावुक बनेका उनले भने, ‘प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन जाँदै गर्दा मनमा जनता र देशप्रति थप जिम्मेवारी आएको छ। जनताको चाहना अनुसार जनता र देशका लागि काम गर्नका लागि मेरो उम्मेदवारी हो।’

‘अघिल्लो निर्वाचनमा पनि मलाई क्षेत्र नम्बर ८ का बासिन्दाले विश्वास गरी अत्यधिक मत दिए र मैले मतको कदर गर्दै काम पनि गरे,’ ४४ वर्षीय विराजले नागरिकसँग भने, ‘भ्रष्टाचार बेथिति विरुद्ध काम गरेर अघि बढेको छु। आगामी दिनमा पनि म यसैगरी भ्रष्टाचार बेथितिको विरुद्ध लाग्ने र पारदर्शिता, जबाफदेहीताका लागि नै काम गर्ने छु।’ उनले जोड दिए, ‘यस पटक देशको माहोल फरक छ। लोकतान्त्रिक पद्धतिमा आधारित भएरै जनताको चाहना अनुसार काम गर्ने छु। यसपटक जिम्मेवारी थप हुने छ।’  

विराजलाई शुभआशिष दिन पुगेका कृष्णमान सिंहले भने, ‘स्थानीय स्तरमा पुगेर जनताको चाहना अनुसार काम गर्ने व्यक्ति हो विराज यसकारण मैले उसको जित होस् चाहन्छु।’ उनले भने, ‘घर, परिवार, टोल, समुदायमा भिजेर काम गर्दै जनताको चाहना बुझ्ने नेता हो विराज।’

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार बिहानैदेखि दलका उम्मेदवारहरूको दर्ता चलिरहेको छ। 

प्रकाशित: ६ माघ २०८२ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App