देशका विभिन्न भागबाट लागूपदार्थसहित १६ जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो।
अभियुक्तहरूबाट खैरो हिरोइन र चिकित्सकको पुर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ। नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरूलाई बुधवार र बिहीबार पक्राउ गरेको हो।
प्रकाशित: ८ फाल्गुन २०८२ ०७:४६ शुक्रबार





