दुई चरणमा गरी स्थानान्तरण गरिएकामा राजेश मिश्रा, तीर्थ महर्जन, साविर मियाँ, साहील अनसारी, समरुल मियाँ, रिङकु गुप्ता, रामबिलास महत्तो, दिवाकर खतिवडा लगायतलाई स्थानान्तरण गरिएको हो। एकसातायता पहिलो चरणमा १२ जना र दोस्रो चरणमा ६ जनालाई स्थानान्तरण गरिएको क्षेत्रीय कारागार प्रशासनले जनाएको छ।
स्थानान्तरण गरिएका सवैको नाम कारागार प्रशासनले भने गोप्य राखेको छ। प्रशासनले कैदीबन्दी स्थानान्तरण गर्नु सामान्य प्रक्रिया भएकाले नाम उल्लेख गर्न नमिल्ने जनाएको छ।
कारागारका आन्तरिक समितिका सदस्यका अनुसार अधिकांस सुरुङ् खनेर भाग्ने चौकीदार अली असरफ अनसारीसँग साठगाठ गर्ने भएपनि नयाँ चौकीदार नेपाल नियुक्ती भएएपछि दिवाकर खतिवडा समूहले गुटबन्दी थालेपछि दुवै समूहलाई स्थानान्तरण गरिएको हो।
खतिवडाले नेपाल चौकीदार भएपनि सुनसरीकालाई संगठीत गरी स्थानीय व्यक्ति चौकीदार हुनुपर्ने नत्र अशान्त बनाउँने रणनीति बनाएपछि स्थानान्तरण गरिएको जानकारी दिइयो। खतिवडाले कारागारमा कैद जीवन भूक्तान गरीरहेका जिल्लाभरकामध्येबाटै चौकीदार हुनुपर्ने माग राखेर गुटबन्दी थालेलगतै स्थानान्तरण गरिएको जनाइएको छ।
स्थानान्तरण गरिएकामध्ये एक जना मोरङ, ६ जना रामेछाप, तीन जना रौतहट, चार जना विरगन्ज र पाँच जनालाई भिमफेदी पठाइएको छ।
सुरुङ खनेर भागेका मध्ये सुनसरी नरसिंह-४ का रेवन भनिने रमेश यादव र मोस्ट वान्टेड वंगलादेशी नागिरक अली असरफ अनसारी पक्राउ परीसकेका छन। यादव भारतको सुपौल र अली असरफ अली भारतकै कोलकतामा पक्राउ परेका थिए। दुवै जनाको प्रहरीले यकिन पहिचान गरीसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सौरभ रानाले बताए। उनका अनुसार पक्राउ परेका दुवै जनालाई नेपाल ल्याउँनका लागि हाइलेभलबाट पहल गरिनुपर्ने बताए।
'दुवै जनाको यकिन पहिचान गरेर प्रहरी टोली फर्किइसकेकेा छ। अब उनीहरुलाई नेपाल ल्याउँनका लागि भने हाइलेभलबाट पहल गर्नुपर्छ ,' एसपी रानाले भने।
कात्तिक-२३ गते पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीका १२ जना कैदी-बन्दी भागेका थिए। झन्डै ८० फिट लामो सुरुङ खनी कैदीबन्दी भागेका थिए।
कैदीबन्दी भाग्नुमा सरुक्षाका लागि खटिएका प्रहरी र कर्मचारीको संलग्नता भएको प्रहरीको छानबीन टोलीले जनाइ सकेको छ। प्रहरी पैसामा लोभिएको प्रहरीको छानबीन समितिले प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रहरीलाई अली असरफ अलीले कारागारभित्र फर्निचरका सामान निर्माण गर्दा नाफा भएको पैसा दिने गरेको खुलेको कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी रमेश फूयँल नेतृत्व टोलीले छानबीन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अली असरफ अनसारीले कैदीबन्दीलाई पनि खुसी पार्न सुरक्षा समितिका नाममा १०-१० दिनको अन्तरमा पैसा बाढने गरेका थिए।
कैदीबन्दी भगाउँन संलग्नता भएको प्रतिवेदनसहित प्रहरीको टोलीले १८ जनालाई कैदीबन्दी भगाएको अपराधमा मुद्धा चलाउँन र २१ जनालाई भने विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
गृहमन्त्रालयले कारागार व्यवस्थापन विभागको महानिर्देशक शम्भुप्रसाद कोइरालाको नेतृत्वमा गठन गरेको छानबीन टोलीले पनि सुरक्षाकर्मी र कर्मचारी दोषी भएको प्रतिवेदन बुझाएको थियो।
प्रकाशित: २१ मंसिर २०६९ १२:३१ बिहीबार





