सोनिया राई,
कक्षा–९
गोल्डेन पिक हाइस्कुल, चाबहिल, काठमाडौं।
सानै कक्षादेखि मैले लागू पदार्थ र त्यसको हानिकारक असर पढ्दै आएकी थिएँ। कक्षा–९मा पुगेपछि मेरो ज्ञान लागू पदार्थबारे अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरको बारेमा पनि जानकारी पाएँ। लागू पदार्थ भनेको त्यस्तो वस्तु हो जसलाई सेवन गरेपछि मानिसको शरीर र दिमागमा असर पुग्छ र त्यता नै आकर्षित हुन्छ। यस्ता वस्तुको उदाहरण गाँजा, कोकिन, अफिम आदि हुन्। लागू पदार्थ हानिकारक बनाउने त हामी मानिस नै हो। वैज्ञानिकहरूले आविष्कार गरेको औषधिको दुरुपयोगलाई लागू पदार्थ दुव्र्यसनी भनिन्छ। यसको असर व्यक्तिगत, सामाजिक र राष्ट्रियमा मात्र नभई विश्वव्यापी छ।
मेरो विद्यालय गोल्डेन पिक हाई स्कूलको आइएसए प्रोजेक्ट–४ ‘से नो टु ड्रग्स’ अन्तर्गत विभिन्न क्रियाकलाप ग-यौँ। त्यस प्रोजेक्टमा नेपालमा मात्र नभएर अन्य देशको लागू पदार्थको अवस्था जस्तै फ्रान्स, जर्मनी, अमेरिका बारेमा रिसर्च गरी प्रस्तुती तयार ग-यौँ। साथैँ ‘लागू पदार्थ जीवनका लागि उपयोगी हो कि होइन’ भन्ने शीर्षकमा नेपाली वादविवाद र ‘लागू पदार्थ’ बारे वक्तृत्वकलामा कक्षा– ८ र ९ ले भाग लिए। मलाई नारकोनन सुधार केन्द्र, -याली र पावर पोइन्ट प्रेजेन्टेसन औधी मन प-यो । यी क्रियाकलापहरू अर्को विद्यालय शान्तिगृहसँग साझेदारी रूपमा ग-यौँ।
हामीले नारकोनन सुधार केन्द्र -याली र पावर पोइन्ट प्रेजेन्टेसनमा धेरै ज्ञान पायौँ। यी कार्यक्रमको मुख्य उद्देश्य नै ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ थियो। दुई विद्यालय बीचमा आफ्ना धारणा र ज्ञान साटासाट गर्दा झन् रमाइलो भयो। केही प्रतिवेदन अनुसार लागू पदार्थको दुरुपयोग नेपालको विकसित ठाउँ जस्तै काठमाडौं, भक्तपुर, ललितपुरमा बढी देखियो भने नेपालभन्दा विकसित राष्ट्रमा यसको बढी मात्रामा दुरुपयोग देखियो।
लागू पदार्थले गर्दा अमेरिकामा ६ अरब जति मानिस मर्ने गर्छन्। त्यसैले नेपालमा पनि लागू पदार्थबारे जनचेतना फैलाउने विचार मेरो मनमा उठ्यो। त्यसै विषयमा दुवै विद्यालयको कक्षा–९ प्लेकार्ड बनाएर -याली ग-यौँ। कराउँदै, चिच्याउँदै हामी बाटोबाटो लागू औषधको दुरुपयोग नगरौँ। एकआपसमा भिडियो रिपोर्ट र प्रेसेन्टेसन साटासाट ग-यौँ। यो क्रियाकलापले मेरो मन प्रफुल्ल भयो। नयाँ साथीहरू बनायौँ। ज्ञान साटासाट गर्दा लागू पदार्थबारे झन् ज्ञान पायौँ। यसरी नै हामी विद्यार्थीहरूले पनि आफ्नो तर्फबाट योगदान दिनुपर्छ। यस्ता क्रियाकलापका लागि म मेरो विद्यालयलाई हार्दिक आभार गर्दछु। अन्त्यमा भन्छु, ‘आफ्नो जिन्दगीलाई अँगालौं, लागू पदार्थलाई नअँगालौं।’
प्रकाशित: १९ पुस २०७६ ०३:१८ शनिबार





