१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कुमारी माछापुच्छ्रे

पर्यटकीय नगरी पोखराको लेकसाइडमा केही पेन्टिङ पसल छन्। हल्लनचोकबाट करिब चार सय मिटर पामे जाने बाटो नापेपछि देखिन्छ ‘शाही आर्टस्’। त्यसको भित्ताभरि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल भएका गाउँबस्तीका चित्र टाँगिएका छन्। त्यहाँ एउटा मेचमा बसेर दिनभर कलाकार महादेव शाही रंग खेलाउँछन्।  

उनी विशेषतः एक्रेलिक रंगबाट चक्कुको सहाराले क्यानभासमा चित्र बनाउँछन्। कति चित्र उनको यही स्टुडियोबाटै बिक्रि हुन्छ। कति चाहिँ अन्य ग्यालरीको अर्डर अनुसार बनाउँछन्। ‘पर्यटकले माछापुच्छे« हिमालका चित्र खोज्छन्’, उनी भन्छन्, ‘जस्तो माग हुन्छ त्यस्तै चित्र बनाउँछु।’

स्याङ्जा अर्भिङ गाउँमा जन्मे÷हुर्केका शाही ४६ वर्षका भए। उनले कलाकारिता थालेको दुई दशक पुग्यो। बीस वर्ष अघि पोखरा झरेर हल्लनचोकमा साइनबोर्ड लेख्ने पसल थापे उनले। त्यहाँ १० वर्ष काम गरेपछि अहिले बसेको ठाउँ खहरे चोकमा सरेका। उनले सबैभन्दा बढी चित्र कुमारी हिमाल माछापुच्छे«को बनाएका छन्।

जब डिजिटल युगमा फ्लेक्सको प्रयोग बढ्यो तब साइनबोर्ड लेख्ने काम खोसियो। ‘त्यसपछि त पुरै पेन्टिङमा समर्पित बनें’, शाही सुनाउँछन्, ‘चित्र बेचेरै गुजारा चलाएको दश वर्ष पुग्यो।’  

विद्यालय जीवनदेखि नै चित्रकारितामा होमिएका शाही पोखरा झरेपछि बरिष्ठ कलाकार यादवचन्द्र भुर्तेलको संगतबाट निखारिए। स्वअभ्यासले अब्बल कलाकार बन्न पुगे। उनको कला देश÷विदेशका भित्तामा सजिएका छन्। उनका पचास प्रतिशत ग्राहक नेपाली हुन् भने पचास प्रतिशत विदेशी। काममा उनी सन्तुष्ट छन्। उनलाई शुभकामना !  
सम्पर्क : ९८१९१५६६३४

प्रकाशित: २ कार्तिक २०७६ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App