२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चुज गरेर मात्रै पुस्तक पढ्छु

फिल्म ‘क्याप्टेन’बाट अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा आएकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । उनी अभिनित ‘कबडी कबडी कबडी’ फिल्म प्रदर्शनको तयारीमा छ । उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन्ः

पुस्तक
मलाई साहित्यिक पुस्तक पढ्न निकै रमाइलो लाग्छ । साहित्यिक पुस्तकमा लेखिएका कतिपय स्टोरीहरु पढ्दा  आफैँले भोगेको हो कि भन्ने अनुभूति लाग्छ । त्यस कारण हामी अभिनेत्रीहरुले साहित्यिक पुस्तक पढ्नुपर्छ भन्ने लाग्छ र पढ्छु पनि ।

मैले हालै पढेर सकाएको पुस्तक  ‘द काइट रनर’ भन्ने हो ।  यो पुस्तक  खलेद होसेनीले लेखेका हुन् । अफगानिस्तानमा जन्मिएका तिनै खलेद होसेनीले केही वर्ष अगाडि अफगान युद्ध र कष्टप्रद अफगानी जीवनमा आधारित पहिलो उपन्यास ‘द काइट रनर’ लेखे ।  समीक्षकहरुले ‘द काइट रनर’ राम्रो पुस्तकका रुपमा लिएका थिए । यो पुस्तकमा मान्छेहरुमा अनेक दुःख आइपर्छ तर सहनुपर्छ भन्ने सन्देश दिन खोजेको छ  । अफगानिस्तान सधैं युद्धले जर्जर बन्दै आएको इतिहास छ ।   अर्थात् घटनालाई यस पुस्तकमा लेखिएको कारण मलाई मन परेको हो ।  

लेखक
मैले चुज गरेर मात्रै पुस्तक पढ्ने गरेको छु । मलाई यही लेखक भन्ने पनि छैन ।  सबैजनाको  आ–आफ्नो ठाउँमा उत्तिकै महत्व हुन्छ ।  सबै लेखक नै प्रिय लाग्छ ।

गीत
मलाई यही गीत भन्ने नै छैन । गीत शब्दमा भर पर्ने कुरा हो । कुन गीत कतिखेर गाइरहेकी हुन्छ थाहै हुँदैन । मुडअनुसार गीत गुनगुनाइरहेकी हुन्छु । जुन गुनगुनायो त्यही मन पर्छ ।

अभिनेता

मैले सौगात मल्लको धेरै फिल्म हेरेकी छु  । अभिनेतामा मलाई सौगात  मल्ल, दयाहाङ राई मनपर्ने अभिनेता हुन् । मैले दया दाइसँग पनि अभिनय गर्ने मौका पाएकी थिएँ । विपिन कार्की पनि मलाई मनपर्ने कलाकार हुन् । उनको अभिनय अभिनय जस्तो लाग्दैन ।  रियल अभिनय गर्नु हुन्छ । त्यसैले मलाई अभिनेतामा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की बेष्ट एक्टर लाग्छ  ।

अभिनेत्री

नेपाली फिल्म क्षेत्रकी  लोकप्रिय अभिनेत्रीमा मेनुका प्रधान  मलाई मन पर्छ । म उनले गरेको अभिनयको तारिफ गर्नै सक्दिन । राम्रो अभिनय गर्ने खुवि भएकी अभिनेत्री मेनुका प्रधान मलाई क्युट अभिनेत्री  लाग्छ । म उहाँको फ्यान भएकै कारण प्रायः जसो उहाँको फिल्म हलमा लागेको बेला म एकपटक भए पनि  फिल्म हेर्न गइहाल्छु ।

भेट्न मन लागेको व्यक्ति

मलाई नेपालकै अभिनेता सौगात मल्ल भेट्न मन लागेको हो । अहिलेसम्म भेटेको छैन । सायद चाँडै भेटेर उहाँसँग गफ गर्न मन लागेको छ । उहाँसँग फिल्म खेल्न पाए हुन्थ्यो भन्ने लागेको  छ ।

उहाँको एक्टिङले मेरो मन जितेको छ । एक त मलाई मन पर्ने कलाकार भएर पनि होला । अभिनय क्षेत्रमा सौगात मल्ल हरेक कुरामा प्रफेक्ट लाग्छ । जुनसुकै क्यारेक्टरलाई सजिलै निभाउन सक्ने कलाकार जस्तो लाग्छ । एउटै फिल्ममा भएर पनि अहिलेसम्म भेटेको छैन । सौगात मल्लसँग भेट्न मन लागेको हो ।  

भेटिरहन मन लाग्ने व्यक्ति
मलाई ‘कबडी कबडी कबडी ’ फिल्मको टिमलाई भेटिरहन मन लाग्छ । मैले धेरैसँग फिल्ममा काम गर्न त पाएकी छैन । तर पनि ‘कबडी कबडी कबडी’ फिल्मको टिमसँग जस्तो रमाइलो गरी समय बिताएको कतै छैन । सबै साथीहरु रमाइला छन्, काम गरेको समय बितेको पत्तै पाइएन ।  एकदमै रमाइलो लागेको थियो ।  अहिले पनि त्यहाँको टिमसँग भेटिरहन मन लाग्छ ।

कलर
मलाई सेतो, कालो, ब्लु, कलर मन पर्छ । मैले लगाएको  ड्रेसमा यी कलर भएको खण्डमा राम्री देखिन्छु रे । धेरै जसो मैले कार्यक्रमतिर लगाएर हिँड्ने भनेको ब्लाक कलर हो ।

पोषाक
मलाई क्याजुअल ड्रेस नै मन पर्छ ।  समयअनुसार कुन लगाउने भन्ने हो ।  समयअनुसार क्याजुअल ड्रेस पनि ठिकै लाग्छ । मेरो फेवरेट भने यही हो भन्ने छैन ।

निर्देशक
निर्देशकमा मलाई रामबाबु गुरुङ निकै मिहिनेती लाग्छ । मैले धेरै निर्देशकसँग फिल्ममा काम गर्न पाएकी छैन । कसको के काम मन पर्छ पर्दैनभन्दा पनि सबैको काम आ–आफ्नो ठाउँमा ठिक छ ।

मैले हालै अभिनय गरेको फिल्म ‘कबडी कबडी, कबडी’मा काम गर्दा निर्देशक रामबाबु गुरुङको काम मन प¥यो ।  उहाँको फिल्ममा केही न केही नयाँपन देखेकी छु । उहाँले बनाएको फिल्ममा कथा वस्तु, अभिनय सबै कुरा मिलेका छन् । त्यसैले पनि मलाई निर्देशक धेरै मन पर्छ ।

राष्ट्रपति
मलाई त नेपालको पहिलो महिला राष्ट्रपति भएकोले होला विद्यादेवी भण्डारी नै मन पर्छ ।
गायक
नेपालमा एक से एक गायकहरु हुनुहुन्छ । सबैका उत्तिकै राम्रा गीतहरु छन् । मलाई नेपालकै सुगम पोखरेल मन पर्छ । उहाँका गीतहरु दर्शक तथा श्रोतामाझ लोकप्रिय रहेका हुन्छन् । मलाई सुगम पोखरेलको गायिकीपन मन परेको हो । अरु गायकहरु पनि ठिकै लाग्छ ।

गायिका
मलाई ऋतिका श्रेष्ठ मन पर्छ । उहाँका गीत प्रायः मन परेका छन् । अहिले चलेको ‘कबडी कबडी,कबडी’ कै ‘दुबो फुल्यो’ बोलको गीत मन पर्छ ।

फिल्म
मलाई कबडी, पशुपतिप्रसाद  मन परेका फिल्म हुन् । यो फिल्ममा भइरहेका घटनालाई देखाउन खोजिएको छ । अर्थात् घटनालाई देखाइएको छ । अभिनयमा पनि उत्तिकै मात्रामा मिहिनेत गर्नुभएको छ । सबै कुरा मन परेकै कारण यो फिल्म मलाई राम्रो लागेको हो ।  पारिवारिक कथाहरु मलाई अलिक बढी मन पर्छ ।

खाना
नेपाली दाल भात तरकारी नै मन पर्छ । थकाली खानाको अलिक बढी सोखिन भएका कारण थकाली खाना मन पर्छ ।
 
हेयर स्टाइल
मलाई कुन ड्रेसमा कस्तो हेयर स्टाइल सुहाउँछ भन्ने हुन्छ । समयअनुसार, कहिले कर्ली, कहिले कपाल छोडेको मन पर्छ ।

सपिङ स्टोर
मेरो सपिङ स्टोर भनेर स्पेसल ठाउँ छैन । जहाँ राम्रो लाग्छ । त्यही किन्ने गर्छु । कहिले न्यूरोड गइरहेकी हुन्छु त कहिले दरबारमार्ग, कहिले झम्सिखेल ।  कहिले कता कहिले कता गइरहेकी हुन्छु । मेरो सपिङका लागि यही ठाउँ भन्ने छैन ।  

सवारी साधन
मलाई कार नै मन पर्छ । काठमाडौंमा धुलो धुँवाबाट जोगिनका लागि भए पनि गाडीको आवश्यक पर्छ । मोटर साइकलबाट छिटो त पुगिन्छ तर भर हुँदैन । मान्छे धुलाम्मे पनि भइन्छ । यसका कारण कार नै ठिक लाग्छ ।

फूल
मलाई सबै फूल मन पर्छ । सबै फूलका आ–आफ्नै विशेषता छन् । सबै फूलहरु सुन्दर लाग्छ । गुलावको फूल अलिक बढी मन पर्छ ।

मोबाइल
मैले आइ फोन चलाउँदै आएको छु । पहिलादेखि चलाउँदै आएको आइफोन हो । त्यसैले मलाई आइफोन नै प्रिय लाग्छ ।

चस्मा
आँखालाई धुलो धुँवाबाट जोगाउनका लागि चस्मा लगाउने गर्छु । मलाई चस्मामा त्यस्तो सोखिन पनि छैन । जुनले आँखालाई जोगाउँछ त्यही चस्मा लगाउँछु । यही ब्रान्ड भन्ने नै छैन । 

देश
आफ्नै देश नेपाल नै मन पर्छ ।
शहर
मलाई पोखरा शहर मन पर्छ । त्यहाँको हावापानी नै मन पर्छ । त्यहाँ रमाइलो हुनुका साथै सफा पनि छ । मैले देशका निकै ठाउँ घुम्ने मौका पाएको छु । तीमध्ये मलाई मन परेको शहर पोखरा नै हो ।

चाडपर्व
नेपालीहरुको महान् चाडपर्वमा दशैं, तिहार नै मन पर्छ । ती चाडपर्वमा परिवारका सबै सदस्यसँग भेटघाट हुन्छ । रमाइलो हुन्छ । दसैँमा रातो टीका लगाएर हिँड्दा बेग्लै आनन्द आउँछ । तिहारमा घरहरु पनि झिलिमिली हुन्छन् ।  दाजुभाइसँगको भेटघाट गर्ने माहोल हुन्छ । त्यसकारण दशैं तिहार मलाई मन पर्ने चाडपर्व हुन् ।        

 

प्रकाशित: २९ भाद्र २०७६ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App