२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

‘दसैं इभ’मा भेट्रान पप गायक

अघिल्लो पुस्ताका भेट्रान पप गायकहरूको लाइभ कन्सर्ट ‘दसैं इभ २०७५’ काठमाडौंमा सम्पन्न भएको छ।

ताहाचल फोरम कम्युनिटीको सहयोगार्थ शुक्रबार काठमाडौंको विशालबजारमा उक्त कन्सर्टको आयोजना भएको थियो । कार्यक्रमको संयोजन भीम तुलाधरले गरेका थिए।

कन्सर्टमा भीम तुलाधर, संजय श्रेष्ठ, प्रवेशमान शाक्य, वविन प्रधान, सचिन रौनियार, ज्योती घिमिरे लगायतका गायकले दर्शकहरूलाई मनोरन्जन दिए । साथै किरण खड्गी, लसता जोशी, रविन महर्जन, रवि रिमाल, सुरेश मानन्धर र वविता मानन्धरको पनि प्रस्तुति रहेको थियो।

कन्सर्टको सुरुवात गायक साथै गितारिष्ट ज्योति घिमिरेले नशालु र मस्कि मस्किबाट माहौल तताए । गायक जेम्स प्रधानले करिव तीन दशक पुरानो गीत ‘बम भोले...’ र ‘भैगो उनी जाउन्...’ गीतमा दर्शक निकै रमाएका थिए।

गायक संजय श्रेष्ठले आफ्नो जमानाको लोकप्रिय गीत ‘एघार, बार, तेह्र...’ र ‘माया मेरी माया...’ गीत गाए । यससँगै उनले हिमालय ब्यान्डको ‘मुसुमुसु हाँसी देउ न लै लै...’ पनि गाए । उनको प्रस्तुतिमा त दर्शकहरू ननाची बस्नै सकेनन्।

अन्तिममा गायक भीम तुलाधरले मेरो त घरकी आमालाई, माया र अँगालो  अँगालोबाट दर्शकहरूलाई नचाए । आफ्नो प्रस्तुतिपछि गायक तुलाधरलाई स्टेजबाट निस्किन हम्मेहम्मे परेको थियो । उनलाई दर्शकहरूले ‘वान्स मोर’ भन्दै स्टेजबाट ओर्लिनै दिएका थिएनन्।

कन्सर्टमा ज्योति घिमिरे, भुपेन्द्र बज्राचार्य, प्रवीण मानन्धर, माणिकमान सिंह र रूपम सिंह गुरुङले ब्याक अप ब्यान्डको रूपमा साथ दिएका थिए।

ड्याड, मम एन्ड सनका सविन शाक्य, आर्यम नकर्मी र सपना शर्माको स्ट्यान्ड अप कमेडीमा पनि दर्शकहरू पेट मिचिमिचि हाँसेका थिए । कार्यक्रमको संयोजन भीम तुलाधरले गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App