७ असार २०८२ शनिबार
image/svg+xml
अन्य

सशस्त्रमा वरीयता मिचेर एआइजी सिफारिस

सशस्त्र प्रहरी बलको एआइजी बढुवा सिफारिस गर्दा वरीयता मिचिएको छ। पहिलो नम्बरमा रहेका डीआईजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

बिहीबार (आज) गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। एआइजी रिक्त भएको डेढ महिनापछिको रस्साकस्सीपछि डाठा मगरलाई बढुवा सिफारिस गरिएको हो।

सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो। वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो। सूचनाअनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए।

दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन्। सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका थिए।

अब उनीहरू नेतृत्वमा पुग्ने सम्भावना कमजोर बनेको छ।

प्रकाशित: १५ जेष्ठ २०८२ २१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App